बीआरईमा ऋण लिँदैनौं, अनुदान मात्र स्वीकार्ने हो : काँग्रेस

काठमाडौं । नेपाली काँग्रेसले बीआरआई अन्तर्गत भएको सम्झौता अनुदानमा मात्र स्वीकार्ने बताएको छ ।

सोमबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको सम्झौता बारे छलफल गर्दै बीरआई अन्तर्गतका परियोजनामा ऋण मात्रै लिइने निष्कर्ष निकालेको हो ।

पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले यसअघि गरिएको निर्णय अनुसार नै अनुदान स्वीकार गर्ने तर ऋण नलिने गरी सम्झौता भएको बताए

उनले भने, ‘अनुदानमा सहयोग स्वीकार्ने हिजोको पनि हाम्रो निर्णय थियो । आज पनि त्यही निर्णयमा हामी कायम छौं,’ उनले भने, ‘प्रधानमन्त्री फर्केपछि अनुदान नै लिने हो, ऋण होइन भन्नुभएको छ ।’

उनले सम्झौतामा एड फाइन्नासिङ लेदिएको उल्लेख गर्दै सो पनि स्वभाविक रुपमा ग्रान्ट भित्रै पर्ने बताए ।

त्यस्तै, महतले ऋणबाट बनाइएको पोखरा विमानस्थलको उदाहरण दिँदै ऋणमा बनेका परियोजनाबाट नेपालले प्रतिफल लिन नसकेको तर्फ सचेत हुनुपर्ने बताए ।

 

सुदूरपहाडमा हिमपात, जनजीवन प्रभावित Read Previous

सुदूरपहाडमा हिमपात, जनजीवन प्रभावित

नेप्सेमा लगातार चौथो दिन गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी Read Next

नेप्सेमा लगातार चौथो दिन गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी