काठमाडौं । हिमालयन डिस्ट्रलरी र मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
दुवै कम्पनी संचालक समितिको मंसिर २३ गते बसेको बैठकले सेयरधनीलाई लाभांश घोषणा गरेका हुन् ।
हिमालयन डिस्ट्रलरीले गतथ वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश घोषणण् गरेको छ ।
त्यस्तै, मञ्जुश्री फाइनान्सले करसहित ६.३५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
प्रस्तावित लाभांश सम्बन्धित कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।