काठमाडौं । युनियन मेवा हाइड्रो लिमिटेडले प्राथमिक साधरण सेयर (आइपीओ) निष्कासनका लागि सेयर बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
कम्पनीले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र युनियन मेवा हाइड्रो लिमिटेडबाट अध्यक्ष किरण मल्लले हस्ताक्षर गरे ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ३५ करोड ३८ लाख ६० हजार ४०० रुपैयाँ बराबरको ३५ लाख ३८ हजार ६०४ कित्ता आइपीओ जारी गर्ने भएको हो ।
युनियन मेवा हाइड्रोले ताप्लेजुङ जिल्लाको मिक्वा खोला गाउँपािलकामा २३ मेगावाट क्षमताको मेवा खोला जलबिद्युत आयोजना निर्माण गरिरहेको छ । हालसम्म उक्त आयोजनाको करिब ३५ प्रतिशत काम सम्पन्न भएको छ ।