भिजन ऊर्जाको सेती नदी जलविद्युत् आयोजनाबाट व्यावसायिक उत्पादन सुरू

सांकेतिक तस्वीर

काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माण सम्पन्न २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले व्यावसायिक विद्युत् उत्पादन सुरू गरेको छ ।

भिजन लुम्बिनी ऊर्जा कम्पनी प्रालिले निर्माण गरेको उक्त आयोजनाबाट कात्तिक २७ गतेदेखि व्यापारिक उत्पादन सुरू भएको हो ।

आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको १३२ केभी क्षमताको मोदी–लेखनाथ सबस्टेसनमा जडान गरिएको छ ।

कास्कीको माछापुच्छ्रे–२ को भराभरीमा आयोजनाको हेडबक्र्स रहेको छ । भराभरीस्थित सेती नदीको पानीलाई बाँध बाँधेर ६ हजार ४०० मिटर लामो भूमिगत पाइपमार्फत विद्युत् गृहमा खसालेर बिजुली उत्पादन गरिएको छ । आयोजनामा १२.५ मेगावाट क्षमताका दुई वटा टर्वाइन छन् ।

यो आयोजना कुल ५ अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो । विसं २०७७ साउनदेखि आयोजनाको काम सुरू भएको थियो । कोरोना महामारी लगायत कारणले आयोजना निर्माण १ वर्षपछि धकेलिएको हो ।

नेपाल र चीन बीच बीआरआइमा जुट्यो सहमति, ‘फ्रेमवर्क’मा हस्ताक्षर Read Previous

नेपाल र चीन बीच बीआरआइमा जुट्यो सहमति, ‘फ्रेमवर्क’मा हस्ताक्षर

सरकारी गाडीबाट ६०० किलो गाँजा बरामद Read Next

सरकारी गाडीबाट ६०० किलो गाँजा बरामद