
काठमाडौं । लक्ष्मी सनराइज बैंकको डिजिटल बैंकिङ प्रवर्द्वन गर्ने वार्षिक अभियानको छैठौं संस्करण #DigitalDecember2024 अभियान सुरू भएकॊ छ ।
‘सहजताको नयाँ परिभाषा उपहार सँगै’ नारासहित बैंकले यस वर्ष उक्त अभियान सुरू गरेको हो ।
अभियानले बैंकका ग्राहक तथा उपभोक्ता लाई डिसेम्बर महिनाभरी डिजिटल बैंकिङ अपनाउन प्रोत्साहन गर्नका लागी विभिन्न अफरहरू प्रदान गर्नुका साथै विभिन्न स्थानहरूमा वित्तीय साक्षरता बढाउन कार्यक्रमहरू पनि गर्नेछ ।
यस अभियानमा ग्राहकहरूलाई डिजिटल रूपमा सशक्त बनाउन र उनीहरूको बैंकिङ अनुभव सरल बनाउनका निम्ति निम्न योजनाहरू रहेका छन्
बैंकका ग्राहकहरूलाई विशेष अफर
सरलीकृत कर दाखिलास् डिसेम्बर महिनाभरी मोबाईल मनी मार्फत आफ्नो स्थायी लेखा नम्बर वा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गरी १०० रुपैयाँ वा बढीको मोबाईल रिचार्ज गर्ने ग्राहकहरूले बैंकबाट थप १०० रुपैयाँको रिचार्ज प्राप्त गर्नेछन् । आफ्नो खातामा यसरी प्यान वा राष्ट्रिय परिचयपत्र अपडेट गर्नाले आफ्नो निक्षेपमा आर्जित ब्याजको कर कट्टी सजिलै प्रविष्ट हुनुका साथै अन्य फाइदाहरू पनि हुन्छन् ।
सहज बिजुली बिल भुक्तानीस् मोबाईल मनी प्रयोगकर्ताहरूले सजिलै एउटा मिस-कल मार्फत आफ्नो बिजुलीको बिल तिर्न सक्नेछन् । मोबाइल मनी एपबाटै सो सेवामा आबद्व भई डिसेम्बर महिनाभरी मिस-कल मार्फत बिल भुक्तानी गर्ने ग्राहकहरूले पनि १०० रुपैयाँ रिचार्ज प्राप्त गर्न सक्ने छन् ।
क्रेडिट कार्डमा विशेष अफरस् तॊकिएकॊ योग्यता पुगेका ग्राहकहरूले डिसेम्बर महिनाभरी क्रेडिट कार्डको आवेदन दिई सो सेवा लिएमा जारी शुल्क साथै ५ वर्षको वार्षिक शुल्कमा पनि छुट पाउनेछन् ।