प्रसारण लाइन मुनिको संरचना हटाउन महानगरको ३५ दिने अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्युत् प्रसारण लाइन मुनि र दायाँबायाँ मापदण्ड विपरीत बनेका संरचना हटाउन ३५ दिने अल्टिमेटम दिएको छ ।

महानगरपालिकाले एक सूचना जारी गर्दै आफ्नो स्वीकृति लिएर संरचना निर्माण गर्नुपर्नेमा कतिपय भवनहरू मापदण्ड विपरीत प्रसारण लाइनमुनि वा मापदण्डले तोकेको भन्दा बाहिर भएर निर्माण गरेको पाइएको भन्दै ३५ दिनभित्र हटाउन भनेको हो ।

तोकेको समयभित्र संरचना नहटाए कानुन बमोजिम कारबाही अघि बढाइने बढाइने महानगरले चेतावनी दिएको छ ।

प्रधानमन्त्रीको चीन भ्रमणमा यी आयोजनमा समझदारी हुने Read Previous

प्रधानमन्त्रीको चीन भ्रमणमा यी आयोजनमा समझदारी हुने

साना किसान लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ? Read Next

साना किसान लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?