ङादी ग्रुपको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको १०० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले हकप्रद सेयर प्रयोजनका लागि भोलि (मंसिर १८ गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन पाउने छन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ रुपैयाँ दरले १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ बराबरको १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।

कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

हाल १ अर्ब ८५ करोड १२ लाख ७९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद निष्काशनपछि ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ ।

कम्पनीले हकप्रद सेयरबाट प्राप्त रकम आयोजनाको मर्मत संभार गर्न, ऋण तिर्न साथै नयाँ आयोजनामा लगानी गर्न प्रयोग गर्ने जनाएको छ ।

नेशनल लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Previous

नेशनल लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

प्रधानमन्त्रीको चीन भ्रमणमा यी आयोजनमा समझदारी हुने Read Next

प्रधानमन्त्रीको चीन भ्रमणमा यी आयोजनमा समझदारी हुने