काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
लघुवित्तले साधरण सभा तथा लाभांश प्रयोजनका लागि भोलि (मंसिर १८ गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।
लघुवित्तले गत वर्षको नाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
उक्त लाभांश पारित गर्न लघुवित्तले मंसिर २४ गते वार्षिक साधरण सभा बोलाएको छ । लघुत्तिको सभा अरनिको पार्टी प्यालेस, बनेपा–५, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे सुरु हुनेछ ।