काठमाडौं । सेयर बजारमा ५३ अंकको उतरचढाव आएको छ । बजार खुल्ने बित्तिकै ३ अंकले बढेको नेप्से लगत्तै ५० अंकलेसम्म घटेको थियो । साढे १२ बजेदेखि सम्हालिएको नेप्से अन्त्यमा झण्डै १० अंकले घटेर बन्द भएको हो ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत लगानीकर्ताको माग सम्बोधन नगरेपछि बजार खुल्ने बित्तिकै तीव्र गिरावट देखिएको थियो ।
आइतबार नेप्से परिसूचक ९.९९ अंकले घटेर २७३८.०६ बिन्दुमा आइपुगेको छ । यस दिन ३१४ कम्पनीको १ करोड ६७ लाख ६७ हजार १६८ कित्ता सेयर किनबेच भएको छ ।
सूचकमा गिरावट आए पनि कारोबरा रकम भने उत्साहजनक नै रहेको छ । आज ८ अर्ब ८३ करोड रुपैयाा बढीके सेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ वटा समूह मध्ये ३ समूहको परिसूचक बढेको छ भने १० को घटेको छ । व्यापार समूहको परिसूचक सर्वाधिक ९.०७ प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंकको परिसूचक ४.५२ प्रतिशतले बढेको छ ।
आज एक्सेल डेभलपमेन्ट बैंकको सर्वाधिक ३४ करोड ३२ रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चरको झण्डै २९ करोड रुपैयाँको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने १७८ कम्पनीको मात्र मूल्य घटेको छ ।
घट्दो बजारमा पनि आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । विशाल बजार, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
आज जानकी फाइनान्सका सेयरधनीले भने ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।