लिबर्टी इनर्जीको हकप्रद सेयर खुल्यो, कहाँबाट दिने आवेदन ?

काठमाडौं । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले आज (१० बजे)देखि हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात् १ः०.५ अनुपातमा हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले हकप्रद सेयर प्रयोजनार्थ कात्तिक २१ गते बुकक्लोज गरेको थियो। सो अनुसार कात्तिक २० गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटल, प्रभु बैंकको बेँसीसहर, लमजुङ शाखा, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको भोटेओडार, लमजुङ शाखा र ग्लोबल आइएमई बैंकको दोर्दी, लमजुङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनको शाखा कार्यालय र मेरो सेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आइआरएन डबल बी इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

हाल १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद निष्काशन पछि २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।

कम्पनीले हकप्रद सेयर निष्काशनबाट प्राप्त हुने रकममध्ये ५५ करोड ४४ लाख रुपैयाँ माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनको ऋण भुक्तानी गर्न, १५ करोड ३२ लाख रुपैयाँ माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजना निर्माणको खर्चको भुक्तानी र ४ करोड २४ लाख रुपैयाँ कम्पनीद्वारा प्रबद्र्धित लोदोखोला साना जलविद्युत आयोजनमा लगानी गर्नेछ।

सुपरमाई हाइड्रोपावरको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Previous

सुपरमाई हाइड्रोपावरको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

बाढीको क्षतिबाट एउटै कम्पनीमा साढे २ अर्बसम्मको दाबी, कति दिए भुक्तानी ? Read Next

बाढीको क्षतिबाट एउटै कम्पनीमा साढे २ अर्बसम्मको दाबी, कति दिए भुक्तानी ?