दुई लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । दुई लघुवित्तले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

सपोर्ट माइक्रोफाइनान्स र फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले साधरण सभा तथा लाभांश प्रयोजनका लागि भोलि (मंसिर १४ गते) बुकक्लोज तोकेका छन् । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

सपोर्ट माइक्रोफाइनान्सले गत वर्षको नाफाबाट १३.७७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७२५ प्रतिशत नगद गरी कुल १४.५० प्रतिशत लाभांश घोषणा गरेको छ ।

उक्त लाभांश पारित गर्न सपोर्टले पुस ६ गते १०औं वार्षिक साधरण बोलाएको छ । लघुवित्तकोे स दुर्गा पार्टी प्यालेस, इटहरी–४, सुनसरीमा बिहान ११ बजे सुरु हुनेछ।

त्यसैगरी, फरवार्ड माइक्रोफाइनान्सले १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश घोषणा गरेको छ ।

उक्त लाभांश पारित गर्न फरवार्डले मंसिर २८ गते १२ औं वार्षिक साधरण सभा बोलाएको छ । फरवार्डको सभा दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहल, दुहवी, सुनसरीमा बिहान ११ बजे सुरु हुनेछ।

बक्यौता महसुल नतिर्ने उद्योगको खाता रोक्का गर्न पत्रचार Read Previous

बक्यौता महसुल नतिर्ने उद्योगको खाता रोक्का गर्न पत्रचार

बालाचतुर्दशीमा पशुपतिको कैलाश क्षेत्रमा पसल राख्न नपाइने Read Next

बालाचतुर्दशीमा पशुपतिको कैलाश क्षेत्रमा पसल राख्न नपाइने