काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले आफ्नो नयाँ विन्टर प्रोडक्ट्सहरू सार्वजनिक गरेको छ । कम्पनीले जाडोको पल न्यानो हरपल भन्ने नाराका नयाँ प्रोडक्टहरू सार्वजनिक गरेको हो ।
सीजीले हिटर, थर्मस, गिजर, वाटर डिस्पेन्सर, वासिङ्ग मेसिन, एसी लगायत प्रोडक्टहरू बजारमा ल्याएको हो ।
जाडो मौसममा तातो पानी पिउन सीजीले वाटर डिस्पेन्सर र वाटर हिटर बजारमा ल्याएको छ । त्यस्तै, पानी तातो राख्नलाई थर्मस, भ्याकुम फ्ल्याक्स उपलब्ध गराएको छ ।
त्यसैगरी, जाडोमा न्यायो बनाउन ओइल रेडिएटर हिटर, इलेक्ट्रिक हिटर, हिटर फ्यान बजारमा ल्याएको छ ।
सीजीले आफना विन्टर प्रोडक्ट्सहरू वाटर डिस्पेन्सर, थर्मस, केटल, इलेक्ट्रिक ग्यास गिजर, रेडिएटर हिटर र ह्यालोजेन हिटरमा १२ महिनाको वारेन्टी दिएको छ ।
ग्राहकले सीजी स्टोरमा गएर र घरमै बसी सीजीको वेबसाइट नयाँ विन्टर प्रोडक्ट्सहरू खरिद गर्न सक्नेछन् ।