चितवन राइनोजका समर्थकलाई निःशुल्क बस र खाजाको व्यवस्था

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली चितवन राइनोजले आफ्ना समर्थकका लागि निःशुल्क बस सेवा र खाजा उपलब्ध गराउने भएको छ ।

क्लबले चितवनवासी क्रिकेट समर्थकको सुविधाका निःशुलक बस र खाजा उपलब्ध गराउने भएको हो ।

क्लबका अनुसार चितवन मेडिकल कलेजदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र त्रिवि क्रिकेट मैदानदेखि चितवन मेडिकल कलेजसम्म दैनिक ५ वटा निःशुल्क बसको व्यवस्था गरिएको छ ।

यो सेवा खेल हेर्नका लागि टिकट लिएका समर्थकहरूले लिन सक्ने र सबैलाई खाजाको व्यवस्था पनि गरिने चितवनले जनाएको छ ।

एनपीएल यही मंसिर १५ गतेदेखि सुरु हुँदैछ । प्रतियोगितामा ८ टिमले प्रतिस्पर्धा गर्दै छन् ।

चितवन राइनोजले आफ्नो पहिलो खेलमा आउँदो सोमबार बिहान सवा ९ बजे काठमाडौं गुर्खाजसँग खेल्दैछ ।

नेप्सेमा उच्च अंकको वृद्धि, यी ८ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Previous

नेप्सेमा उच्च अंकको वृद्धि, यी ८ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

चिनी उद्योग संचालनको तयारी, उखुको समर्थन मूल्य भने अझै तोकिएन  Read Next

चिनी उद्योग संचालनको तयारी, उखुको समर्थन मूल्य भने अझै तोकिएन