काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
कम्पनी संचालक समितिको मंसिर ११ गते बसेको बैठकले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत गरी कुल ५.२६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले प्रस्तावित लाभांश वितरणपछि कायम हुने चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्ने पनि निर्णय गरेको छ ।
कम्पनीले प्रस्तावित लाभांश पारित गर्न पुस १२ गते १२ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभा सभा आम्रपाली ब्यांक्वेट, बिहान ९ बजे सुरु हुनेछ ।
लाभांश प्रयोजनार्थ कम्पनीले मंसिर २१ गते बुकक्लोज तोकेको छ । सो अनुसार मंसिर २० गते भित्र कायम रहने सेयरधनीले मात्र उक्त लाभांश पाउने छन् ।