सामाजिक सुरक्षामा अस्थायी र ज्यालादारी कर्मचारीलाई समेट्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिने घोषणा गरेका छन् ।

सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषद्वारा आज आयोजित कार्यक्रममा प्रधानमन्त्रीले आगामी ९० दिनपछि योगदानकर्ताका छोराछोरी पनि कोषबाट लाभान्वित हुने र १ लाख रुपैयाँभन्दा बढी उपचार खर्च लाग्ने योगदानकर्तालाई कूल खर्चको ५० प्रतिशत कोषबाट व्यहोरिने घोषणा गरे ।

प्रधानमन्त्री ओलीले संविधानमा भएको मौलिक हकका व्यवस्था र दायित्वप्रति सरकार जिम्मेवार र जवाफदेही हुने बताउँदै मुलुकलाई समृद्ध बनाउन सरकार क्रियाशील रहेको बताए ।

उनले अस्थायी, ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याउने घोषणा गरेका छन् । केही दिनमात्रै काम गरेको भएपनि अस्थायी र ज्यालादारी कर्मचारीले पनि सामाजिक सुरक्षा पाउनुपर्ने नियम लागू हुने उनले बताए ।

त्यस अवसरमा कोषअन्तर्गत बढी योगदानकर्ता र सेवा प्रदायक व्यक्ति र संस्थालाई प्रधानमन्त्रीले पुरस्कार प्रदान गरे ।

कर्मचारी नभेटिने भएपछि सबै अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र Read Previous

कर्मचारी नभेटिने भएपछि सबै अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र

उद्योगको बिजुली नकाट्न प्राधिकरणलाई आयोगको निर्देशन Read Next

उद्योगको बिजुली नकाट्न प्राधिकरणलाई आयोगको निर्देशन