सरकारले घटायो सुनचाँदीको भन्सार दर घटायो

काठमाडौं । सरकारले सुनचाँदीको भन्सार दर घटाएको छ । नेपालमाभन्दा भारतमा सुनको मूल्य सस्तो भएर तस्करी बढेपछि सरकारले सुनको भन्सार दर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको थियो ।

त्यस्तै, चाँदीको भन्सार दर १५ प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको छ । नयाँ भन्सार दर आइतबारदेखि नै कार्यान्वयनमा आएको भन्सार विभागले जानकारी दिएको छ ।

तत्कालीन अर्थमन्त्री वर्षमान पुनले चालु आवको बजेट मार्फत सुनको भन्सार दर १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याएका थिए । तर भारत सरकारले भने सुनको भन्सार दर घटाएको थियो ।

भारतमा भन्सार घटेपछि सुनको मूल्य नेपालमा महँगो र भारतमा सस्तो हुन पुगेको थियो । यसले बजारमा सुनको तस्करी बढाएको थियो ।

मुक्तिनाथ र लुम्बिनी जोड्दै कालीगण्डकी करिडोर Read Previous

मुक्तिनाथ र लुम्बिनी जोड्दै कालीगण्डकी करिडोर

धितोपत्र बोर्ड अध्यक्षका लागि ३ जनाको नाम सिफारिस Read Next

धितोपत्र बोर्ड अध्यक्षका लागि ३ जनाको नाम सिफारिस