श्रेयस अय्यर बने आइपीएल इतिहासकै महँगा खेलाडी

काठमाडौं । भारतीय क्रिकेट टोलीका सदस्य श्रेयस अय्यर इन्डिन प्रिमियर लिग (आइपीएल) क्रिकेट इतिहासकै महँगा खेलाडी बनेका छन् ।

आइतलबार साउदी अरबको रियादमा भएको अक्सनमा अय्यरलाई पञ्जाब किङ्ग्सले २६ करोड ७५ लाख भारुमा अनुबन्ध गरेको हो ।

यो आइपीएल इतिहासमा कुनै पनि खेलाडीले पाएको सर्वाधिक रकम हो । यसअघि आइपीएलमा अस्ट्रेलियाका मिचेल स्टार्क सबैभन्दा महँगा खेलाडी बनेका थिए । उनलाई गत वर्ष कोलकाता नाइट राइडर्सले २४ करोड ७५ लाख भारुमा अनुबन्ध गरेको थियो ।

अक्शनमा यसअघि कोलकाता नाइट राइडर्समा रहेका अय्यरको न्यूनतम अक्शन मूल्य २ करोड भारु रहेको थियो ।

परिसंघको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन Read Previous

परिसंघको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन

मुक्तिनाथ र लुम्बिनी जोड्दै कालीगण्डकी करिडोर Read Next

मुक्तिनाथ र लुम्बिनी जोड्दै कालीगण्डकी करिडोर