युनाइटेड इदी मार्दी हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौं । युनाइटेड इदी मार्दी हाइड्रोपावरले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनी संचालक समितिको मंसिर ६ गते बसेको बैठकले ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२११ प्रतिशत नगद गरी कुल ४.२११ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

साथै, कम्पनीले उक्त बोनस सेयर जारीपछि चुक्ता पूँजीको १०० प्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय पनि गरेको छ।

विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात प्रस्तावित लाभांश वितरण र हकप्रद जारी गरिनेछ।

लघुवित्तहरूको आम्दानी १८% बढ्दा पनि नाफा घट्यो, १९ वटा घाटामा Read Previous

लघुवित्तहरूको आम्दानी १८% बढ्दा पनि नाफा घट्यो, १९ वटा घाटामा

मुग्लिन-पोखरा सडकको पूर्वी खण्डमा ६३ किमी कालोपत्र सकियाे Read Next

मुग्लिन-पोखरा सडकको पूर्वी खण्डमा ६३ किमी कालोपत्र सकियाे