स्टक डिलरले ११२ कम्पनीको मात्रै सेयर किन्न पाउने, ५८% कम्पनी अयोग्य (सूची)

काठमाडौं । धितोपत्र व्यापारी (स्टक डिलर)ले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीहरू मध्ये ११२ वटाको मात्रै सेयर कारोबार गर्न पाउने भएका छन् ।

नेप्सेले बिहीबार सार्वजनिक गरेको सूची अनुसार ११२ कम्पनीको सेयर मात्रै स्टक डिलरका लागि योग्य भएका हुन् । नेप्सेमा अनुसार स्टक डिलरका लागि ११२ कम्पनी मात्रै मापदण्ड पूरा गरेका हुन् ।

नेप्सेमा हाल कुल २६७ वटा कम्पनी (डिबेन्चर र म्युचुअल फण्ड बाहेक) सूचीकृत छन् । ती मध्ये ४१.९४ प्रतिशत अर्थात् ११२ कम्पनी मात्रै कारोबारका लागि योग्य रहेको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार सूचीकृत ५८.०६ प्रतिशत अर्थात् १५५ वटा कम्पनी स्टक डिलरका लागि कारोबार गर्न अयोग्य छन् । अर्थात् १५५ कम्पनीको सेयर किनबेच गर्न पाउँदैनन् ।

नेप्सेले सार्वजनिक गरेको सूची अनुसार १९ वटै वाणिज्य बैंक कारोबारका लागि योग्य रहेका छन् । अर्थात् सूचीकृत सबै वाणिज्य बैंकको स्टक डिलरले किन्न सक्नेछन् ।

त्यस्तै, ९ विकास बैंक, ५ फाइनान्स कम्पनी, २६ लघुवित्त कम्पनी, ७ जीवन बीमा, ११ निर्जीवन बीमा, लगानी समूहका ६, उत्पादनमूलक समूहका २, अन्य समूहका २ र २५ हाइड्रोपावर कारोबारका लागि योग्य छन् ।

८३ प्रतिशत हाइड्रो अयोग्य

स्टक डिलरले कारोबारका लागि अयोग्य हुने धेरै कम्पनी हाइड्रोपावर क्षेत्रका छन् । स्टक डिलरले नेप्सेमा सूचीकृत ९१ वटा हाइड्रोपावरमध्ये ६६ वटा हाइड्रोपावरको सेयर कारोबार गर्न पाउँदैनन् । नेप्सेमा सबैभन्दा धेरै हाइड्रोपावर कम्पनी सूचीकृत भए पनि अधिकांशको मापदण्ड नपुग्दा अयोग्य भएका हुन् ।

 

नेप्सेमा दोहोरो अंकको गिरावट, परिसूचक फेरि २७०० बिन्दुभन्दा तल झर्यो Read Previous

नेप्सेमा दोहोरो अंकको गिरावट, परिसूचक फेरि २७०० बिन्दुभन्दा तल झर्यो

मेडिकल कलेज र सरकारी अस्पताललाई शुल्क सार्वजनिक गर्न परिपत्र, नगरे कारबाही Read Next

मेडिकल कलेज र सरकारी अस्पताललाई शुल्क सार्वजनिक गर्न परिपत्र, नगरे कारबाही