सुदूरपश्चिम रोयल्सलाई नेपाल टेलिकमले प्रायोजन गर्ने

काठमाडौं । यही मंसिर १५ गतेदेखि काठमाडौंमा आयोजना हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकम बीच प्रायोजन सम्बन्धी समझदारीपत्र आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल टेलिकम केन्द्रीय कार्यालयमा मंगलबार सम्पन्न उक्त समझदारी अनुरुप एनपिएल प्रतियोगिता २०८१ मा सुदूरपश्चिम रोयल्स टिमको टेलिकम पार्टनरको रूपमा नेपाल टेलिकम रहनेछ।

उक्त समझदारीपत्रमा नेपाल टेलिकमको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल तथा सुदूरपश्चिम रोयल्सको तर्फबाट टिमका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले हस्ताक्षर गरे।

कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले नेपालको खेलकुद क्षेत्रको वृहत्तर विकासका लागि नेपाल टेलिकमले सदैव योगदान दिँदै आएको र नेपाली क्रिकेटसँग पनि लामो समयदेखि जोडिइरहेको सन्दर्भ उल्लेख गर्दै सुदूरपश्चिम रोयल्स मार्फत एनपिएल २०८१ मा जोडिन पाउँदा खुशी लागेको बताइन्।

उनले एनपीएल २०८१ मार्फत नेपाली क्रिकेटले नयाँ उचाइ प्राप्त गर्ने र यो प्रतियोगिता नेपाली खेलकुद विकासक्रमकै महत्त्वपूर्ण कोशेढुंगाको रूपमा स्थापित हुने बताउँदै सुदूरपश्चिमाञ्चल रोयल्स टिमलाई सहकार्यका लागि हार्दिक आभारका साथै प्रतियोगितामा सफलताको लागि शुभकामना पनि व्यक्त गरिन्।

सुदूरपश्चिमको मार्की खेलाडीमा दीपेन्द्रसिंह ऐरी छन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटा रहेका छन् । सुदूरपश्चिम रोयल्सको टोलीमा ऐरीसहित, आरिफ शेख, अभिनाश बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, ब्रान्डन मक्मलेन, सेफ अली जेब, स्कट कुगेलेइन, रोहन मुस्तफा, भोजराज भट्ट, नरेन साउद र अमित श्रेष्ठ छन् ।

एउटै व्यक्तिले फलाए ४०० मुरी धान Read Previous

एउटै व्यक्तिले फलाए ४०० मुरी धान

सरकारले ४ महिनामै उठायो १.६५ खर्ब ऋण, कुल ऋण २५ खर्ब नाघ्यो Read Next

सरकारले ४ महिनामै उठायो १.६५ खर्ब ऋण, कुल ऋण २५ खर्ब नाघ्यो