३ महिनामै भित्रियो ४ खर्ब बढी रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिना (साउन–असोज)मा रेमिट्यान्स आप्रवाह ११.५ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार असोजसम्म ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २ अर्ब ७६ करोड रहेको थियो ।

असोजसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख १० हजार ६५४ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५९ हजार ९३८ रहेको छ ।

३ महिनामा १ लाख ७० हजार ५९२ जना रोजगारीका लागि विदेशिएका छन् ।

विदेशी मुद्रा संचिति इतिहासकै धेरै, सवा २२ खर्ब नाघ्यो Read Previous

विदेशी मुद्रा संचिति इतिहासकै धेरै, सवा २२ खर्ब नाघ्यो

कस्तो छ अर्थतन्त्रको वर्तमान अवस्था ? १० तथ्यांकमा हेरौं मुख्य सूचक Read Next

कस्तो छ अर्थतन्त्रको वर्तमान अवस्था ? १० तथ्यांकमा हेरौं मुख्य सूचक