कुमारी बैंकको ३ अर्बको ऋणपत्र आजदेखि बिक्री खुल्ला

काठमाडौं । कुमारी बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र आज (पुस १४ गते) देखि बिक्री खुल्ला गरेको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।

 

निष्काशित ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई छुट्याइएको छ भने बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र भने बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।

 

यस ऋणपत्रको भुक्तानी अवधि १० वर्ष रहेको छ । वार्षिक १०.२५ प्रतिशत ब्याजदर अर्धवार्षिक रूपमा भुक्तानी हुने बैंकले जनाएको छ ।

 

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग निष्काशन तथा बिक्री प्रबन्धक रहेको यस ऋणपत्रमा छिटोमा पुस १७ गते तथा ढिलोमा माघ १४ गते सम्म आवेदन दिन सकिनेछ।

 

ऋणपत्रमा सर्वसाधारणले न्यूनतम २५ कित्ता र अधिकतम १२ लाख कित्तासम्मको लागि आवेदन गर्न पाउनेछन्। ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट आश्वा सदस्यता लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको अलवा मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिनेछ।

 

ऋणपत्रलाई इक्रा नेपालले मध्यम कर्जा जोखिम जनाउने ‘इक्राएनपी एलबिबिबि प्लस’ रेटिङ्ग प्रदान गरेको छ। ऋणपत्र नेप्सेमा सूचीकरण हुनुका साथै विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट धितो राखी कर्जा समेत लिन सकिने बैंकले जनाएको छ।

माछापुच्छ्रे बैंकले विदेशी बैंकबाट १ अर्ब  रुपैयाँ ल्याउने Read Previous

माछापुच्छ्रे बैंकले विदेशी बैंकबाट १ अर्ब रुपैयाँ ल्याउने

१ लाख १३ हजार भूकम्पपीडितको गुनासो सम्बोधन Read Next

१ लाख १३ हजार भूकम्पपीडितको गुनासो सम्बोधन