सी-चेक गर्न इटाली गएको निगमको जहाज ३ महिनामा फर्कियो, अन्तर्राष्ट्रिय उडान सुरू

काठमाडौं । सी-चेक (पूर्ण परीक्षण र मर्मत) गर्न इटाली गएको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को मकालु (९ एन–एएलजेड) जहाज झण्डै ३ महिनापछि स्वदेश फर्किएको छ ।

सी चेकका लागि गत भदौ १२ गते इटाली गएको निगमको ए ३३०-२०० सिरिज जहाज आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

इटालीमा सी-चेक सम्पन्न गरी फर्केको उक्त जहाजले पुनः आजैदेखि अन्तर्राष्ट्रिय उडान सुरु गरको छ । उक्त जहाजले आज कुवेतबाट १७१ जना यात्रु ल्याएर आएको थियो ।

मकालुले पनि उडान सुरु गरेसँगै नेपाल एयरलाइन्ससँग भएका सबै चारवटै विमान सञ्चालनमा आएका छन् । जहाज अभावमा निगमले विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा नियमति उडान गर्न सकेको थिएन ।

३ महिनादेखि तरकारी र फलफूलको विषादी परीक्षण बन्द Read Previous

३ महिनादेखि तरकारी र फलफूलको विषादी परीक्षण बन्द

४ कम्पनीको साढे १९ लाख कित्ता सेयर लिलामीमा आयो, कहाँबाट दिने आवेदन ? Read Next

४ कम्पनीको साढे १९ लाख कित्ता सेयर लिलामीमा आयो, कहाँबाट दिने आवेदन ?