सेयर कारोबार साढे २ महिना यताकै उच्च, यी ५ कम्पनीको मूल्यमा सर्किट

काठमाडौं । सेयर बजारमा सामान्य वृद्धि भएको छ । आइतबार बजार खुल्ने बित्तिकै नेप्से परिसूचक ३५ अंकले बढे पनि अन्त्यमा झण्डै ५ अंकले बढेर बन्द भएको छ । ।

आज नेप्से परिसूचक ४.९८ अंकले बढेर २७५३.७६ बिन्दुमा पुगेको छ । आज ३२६ कम्पनीको २ करोड ४४ लाख २६ हजार ९०० कित्ता सेयर किनबेच भएको छ ।

आज सूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । आज ११ अर्ब ७२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छद । यो साढे २ महिना यताकै उच्च हो ।

आज कारोबारमा आएका १३ वटा समूह मध्ये ९ वटाको परिसूचक बढेको छ भने ६ को घटेको छ । होटल समूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशतले बढेको छ भने फाइनान्स समूह १.६३ प्रतिशतले घटेको छ ।

आज ङादी ग्रुप पावरको सर्वाधिक ४५ करोड १७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, समृद्धि फाइनान्सको ४१ करोड ८२ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये १४५ कम्पनीको सेयर मूल्य बढेको छ भने ९२ कम्पनीको मूल्य घटेको छ ।

झिनो अंकले बढेको बजारमा आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । उन्नति सहकार्य लघुवित्त, स्वाभिमान लघुवित्त र अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

आज दुई कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागको छ । समृद्धि फाइनानस र गुराँस लघुवित्तका सेयरधनीले ठ्याक्कै १० प्रतिशत गुमाएका छन्

घोराही सिमेन्टको 'ढलाइ मिक्स पीपीसी सिमेन्ट' बजारमा Read Previous

घोराही सिमेन्टको 'ढलाइ मिक्स पीपीसी सिमेन्ट' बजारमा

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन Read Next

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन