पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

काठमाडौं । पूर्वसभाामुख दमननाथ ढुंगानाको निधन भएको छ । उपचारको क्रममा आइतबार दिउँसो उनको काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा निधन भएको हो ।

ढुंगाना एक महिनादेखि कलेजो सम्बन्धी रोगको उपचार गराइरहेका थिए ।

उनी २०४८ को आमनिर्वाचन काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । त्यसपछि २०५१ सम्म सभामुख बनेका थिए ।

उनी २०७४ को आमनिर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ बाट कांग्रेसको उम्मेदवार भई पराजित भएका थिए।

सेयर कारोबार साढे २ महिना यताकै उच्च, यी ५ कम्पनीको मूल्यमा सर्किट Read Previous

सेयर कारोबार साढे २ महिना यताकै उच्च, यी ५ कम्पनीको मूल्यमा सर्किट

राजस्वमा सरकारलाई धक्का, लक्ष्यभन्दा १ खर्ब कम उठ्यो Read Next

राजस्वमा सरकारलाई धक्का, लक्ष्यभन्दा १ खर्ब कम उठ्यो