नबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड यो वर्ष पनि सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ ।

सरकारले राष्ट्रिय कर दिवसको अवसरमा नबिल बैंकलाई बैंक तथा वित्तीय संस्थामा सर्वाधिक कर तिर्ने करदाताको रुपमा सम्मान गरेको हो ।

बैंकलाई आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने बैंकको रूपमा नबिल बैंकलाई प्रमाणपत्रसहित सम्मान गरिएको हो ।

शनिबार आन्तरिक राजस्व विभागमा भएको विशेष कार्यक्रममा बीच अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नबिल बैंकलाई पुरस्कृत गरेका हुन् । उक्त कार्यक्रममा नबिल बैंकको तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले सम्मान लिएका छन् ।

नेपाल सरकारले हरेक वर्ष वित्तीय संस्थाहरू सहित विभिन्न विधाबाट सबै भन्दा बढी कर तिर्ने संस्था तथा व्यक्तिहरूलाई सम्मानित गर्दै आएको छ । यस अघि आर्थिक वर्ष २०६७/६८, २०७०/७१, २०७१/७२, २०७३/७४, २०७५/७६, २०७६/७७ र २०७७/७८ को विवरणको आधारमा पनि नबिलले सबैभन्दा बढी कर तिर्ने बैंकको सम्मान पाएको थियो ।

नबिल बैंक लिमिटेड नेपालको एक अग्रणी बैंक हो। यो बैंकले जिम्मेवार संस्थाको रूपमा समग्र देश तथा समाजको विकासमा योगदान गर्न प्रतिबद्ध रहेको जनाएको छ । नबिलले २४ लाख भन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२० एटीएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ ।

नेपाल बैंकको ८८ औं वार्षिकोत्सव सम्पन्न Read Previous

नेपाल बैंकको ८८ औं वार्षिकोत्सव सम्पन्न

'मेरोअटो राइड'को दोस्रो संस्करण सम्पन्न Read Next

'मेरोअटो राइड'को दोस्रो संस्करण सम्पन्न