काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न साधरण सभा बोलाएको छ । बैंकले मंसिर २७ गते ४० औं वार्षिक साधरण सभा बोलाएको हो ।
बैंकले सभामा गत वर्षको नाफाबाट घोषणा गरेको १० प्रतिशत नगद (करसहित) लाभांश पारित गर्ने प्रस्ताव मुख्य एजेन्डाको रुपमा लैजाने भएको छ । प्रस्तावित लाभांश सो सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।
बैंकले साधरण सभा तथा लाभांश प्रयोजनका लागि मंसिर १० गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार मंसिर ९ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।