नागढुंगा-नौबिसे सडक ७ दिनसम्म दिउँसोमा बन्द हुने

काठमाडौं । काठमाडौं आउने प्रमुख राजमार्ग त्रिभुवन राजपथ (नागढुंगा-नौबिसे सडकखण्ड) ७ दिनसम्म दिउँसाेको समयमा आंशिक बन्द हुने भएको छ ।

नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले एक सूचना जारी गर्दै कात्तिक २९ गतेदेखि मंसिर ५ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उक्त सडक आंशिक रूपमा बन्द हुने जानकारी गराएको हो ।

आयोजनाका अनुसार धादिङको सिस्नेखोलामा स्लोप कटिङ गर्नुपर्ने भएकाले बिहान ११ बजेदेखि २ बजेसम्म उक्त सडक दुवैतर्फ २०/२० मिनेटको अन्तरमा बन्द हुने र पुनः खुल्ने क्रम जारी रहने छ ।

यस अवधिमा सबै चालकलाई लेन अनुशासन कायम राख्न, जथाभावी ओभरटेक नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न समेत आयोजनाले अनुरोध गरेको छ ।

सिन्धुपाल्चोकमा नदीजन्य पदार्थको ठेक्का लगाउनै सास्ती Read Previous

सिन्धुपाल्चोकमा नदीजन्य पदार्थको ठेक्का लगाउनै सास्ती

नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, यी ५ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट Read Next

नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, यी ५ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट