नबिल बैंक साफा अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेडलाई दक्षिण एसियाकै (निजी बैंक तर्फ) उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्डसमा मेरिट अवार्ड प्रदान गरिएको छ।

साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्स् (साफा)ले सोमबार श्रीलंकामा आयोजित विशेष सभामा नबिललाई मेरिट अवार्डबाट पुरस्कृत गरेको हो।

दक्षिण एसियाका निजी क्षेत्र बैंकिङतर्फ आर्थिक वर्ष सन् २०२२/२३ को वित्तीय प्रतिवेदनका आधारमा नबिल बैंकको वित्तीय पारदर्शिता, जवाफदेहिता तथा सुशासनको लागि यो अवार्ड प्रदान गरिएको साफाले जनाएको छ।

साफाले हरेक वर्ष दक्षिण एसियाका विभिन्न वित्तीय संस्थाहरूको वार्षिक प्रतिवेदनको मूल्यांकन गर्दै उत्कृष्टलाई सम्मान प्रदान गर्छ।

साउनमा नबिल बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान)बाट वाणिज्य बैंकतर्फको उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड (गोल्ड) जितेको थियो।

नबिल बैंक नेपालको एक अग्रणी बैंक हो। नबिलले २४ लाख भन्दा बढी सेवाग्राहीहरूलाई देशभरीको २६८ शाखा र ३२० एटीएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ।

नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेलेको नबिल नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाको रूपमा काम गर्दै आएको छ।

हिमाली भेगमा घुम्न जाँदा लेक लाग्नबाट यसरी जोगिन सकिन्छ Read Previous

हिमाली भेगमा घुम्न जाँदा लेक लाग्नबाट यसरी जोगिन सकिन्छ

इन्ड्राइभले नेपालमा लन्च गर्यो नयाँ ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा Read Next

इन्ड्राइभले नेपालमा लन्च गर्यो नयाँ ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा