युनिलिभरले ३ महिनामै कमायो साढे ५२ करोड, प्रतिसेयर आम्दानी २०९६ रुपैयाँ

काठमाडौं । उत्पादनमूलक कम्पनी युनिलिभर नेपालको खुद नाफामा गिरावट आएकोे छ । कम्पनीले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार खुद नाफा ४.६३ प्रतिशतले घटेको हो ।

असोज मसान्तसम्म कम्पनीले ५२ करोड ६९ रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा साढे २ करोड रुपैयाँ कम हो । गत वर्ष असोजसम्म कम्पनीले ५५ करोड २५ लाख लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको संचालन आम्दानी घट्दा नाफामा असर परेको हो । समीक्षा अवधिमा कम्पनीको संचालन आम्दानी ३.०४ प्रतिशतले घटेर २ अर्ब २५ करोड रुपैयाँमा सीमित भएको छ । गत वर्ष सोही अवधिमा कम्पनीले यस्तो आम्दानी २ अर्ब ३२ करोड रुपैयाँ थियो ।

यस अवधिमा कम्पनीले खर्च ४ करोडले घटाउन सफल भएको छ । गत वर्ष पहिलो त्रैमासमा १ अर्ब ६७ करोड रुपैयाँ रहेको कम्पनीको खर्च यस वर्ष घटेर १ अर्ब ६३ करोड रुपैयाँमा झारेको छ ।

हाल ९ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा ५ अर्ब २८ करोड रुपैयाँ संचित छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानीमा गिरावट आएको छ । गत वर्ष २२१८ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी यस वर्ष घटेर २०९६ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ५ हजार ८३६ रुपैयाँ पुगेको छ ।

युनिलिभर नेपाली सेयर बजारको सबैभन्दा महँगो सेयर मूल्य भएको कम्पनी हो । कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ४८ हजार रुपैयाँ रहेको छ ।

सबैभन्दा महँगो सेयर मूल्य भएको हाइड्रो कुथेली बुखरीको यस्तो छ वित्तीय अवस्था Read Previous

सबैभन्दा महँगो सेयर मूल्य भएको हाइड्रो कुथेली बुखरीको यस्तो छ वित्तीय अवस्था

बैंकमा पैसा थुप्रेपछि थप ५० अर्ब तान्दै राष्ट्र बैंक Read Next

बैंकमा पैसा थुप्रेपछि थप ५० अर्ब तान्दै राष्ट्र बैंक