फरवार्ड माइक्रोफाइनान्सको नाफामा उछाल, जगेडा कोषमा पौने २ अर्ब

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको खुद नाफामा उछाल आएको छ । फरवार्डले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार असोजसम्म ४ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

जबकि गत वर्ष पहिलो त्रैमासमा फरवार्ड ११ करोड ९ लाख रुपैयाँ घाटामा थियो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी, संचालन मुनाफा बढ्नुका साथै इम्पेयरमेन्ट चार्ज घट्दा नाफामा उछाल आएको हो ।

समीक्षा अवधिमा फरवार्डको खुद ब्याज आम्दानी ४.१९ प्रतिशतले बढेर २८ करोड ८ लाख रुपैयाँ पुगेको छ । असोजसम्म लघुवित्तको संचालन मुनाफा ५ करोड ९३ लाख रुपैयाँ छ । गत वर्ष यही अवधिमा संचालन नाफा १० करोड ५१ लाख ऋणात्मक थियो ।

समीक्षा अवधिमा लघुवित्तको इम्पेयरमेन्ट चार्ज ३० करोड ४९ लाखबाट घटेर ११ करोड ३७ लाख रुपैयाँ झरेको छ । समीक्षा अवधिमा लघुवित्तले ९ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ९३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

हाल १ अर्ब ५ करोड ५५ लाख लाख रुपैयाँ चुक्ता पूँजी रहेको फरवार्डको रिटेन्ड अर्निङमा २३ करोड ७५ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ७६ करोड रुपैयाँ संचित छ ।

समीक्षा अवधिमा लघुवित्तको वितरणयोग्य नाफा २३ करोड ७५ लाख रुपैयाँ छ । यसबाट कम्पनीले १०.५७ प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानीमा पनि सुधार आएको छ । गत वर्ष ४२.०६ रुपैयाँ ऋणात्मक रहेको फरवार्डको प्रतिसेयर आम्दानी यस वर्ष १५.७७ रुपैयाँ छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ २८९.५८ रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा भने बढेको छ । गत वर्ष पहिलो त्रैमासमा ६.२५ प्रतिशत रहेको खराब कर्जा यस वर्ष बढेर ७.३८ प्रतिशत पुगेको छ ।

अर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्रहरू सुधार्न अर्थमन्त्रीको निर्देशन Read Previous

अर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्रहरू सुधार्न अर्थमन्त्रीको निर्देशन

नागरिक लगानी कोषको नाफामा सुधार, यस्ता छन् मुख्य सूचक Read Next

नागरिक लगानी कोषको नाफामा सुधार, यस्ता छन् मुख्य सूचक