अपर अरुण जलविद्युत्मा लगानी गर्न विश्व बैंकका प्रतिनिधिलाई आग्रह

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र विश्व बैंकका प्रतिनिधि बीच भेटवार्ता भएको छ ।

ऊर्जा मन्त्रालयमा भएको भेटमा मन्त्री खड्काले अपर अरुण जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन कार्य अगाडि बढाउन विश्व बैंकका प्रतिनिधिसँग आग्रह गरेका छन् ।

मन्त्री खड्काले अपर अरुण जलविद्युत् आयोजनामा विश्व बैंकले यसअघि केही रकम लगानी गरिसकेको भन्दै थप लगानी जुटाई त्यसलाई टुङ्गोमा पुर्याउनुपर्ने बताएका थिए ।

उक्त आयोजनालाई अगाडि बढाउने विषयमा ऊर्जामन्त्री खड्काले गतसाता भारतका विद्युतमन्त्रीसँग समेत छलफल गरेका थिए ।

विश्व बैंकका प्रतिनिधिले अपर अरुण आयोजनामा आउने समस्यालाई समाधान गर्न मन्त्रीसमक्ष आग्रह गरेका ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीले बताए ।

भेटमा ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्य, मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारी, मन्त्रालयका सहसचिव जीवछ मण्डल, अर्थविज्ञ अमित श्रेष्ठलगायतको उपस्थित थियो ।

२५ हजार टन मल खरिदका लागि टेन्डर आह्वान Read Previous

२५ हजार टन मल खरिदका लागि टेन्डर आह्वान

ऊर्जा मन्त्रालयले फेरि सोध्यो कुलमानलाई स्पष्टीकरण Read Next

ऊर्जा मन्त्रालयले फेरि सोध्यो कुलमानलाई स्पष्टीकरण