फूडमाण्डुको वानमार्ट शुभारम्भ, अब दैनिक उपभोग्य वस्तु पनि घरमै डेलिभरी गर्ने

काठमाडौं । फूड डेलिभरी कम्पनी फूडमाण्डुले आफ्नो १४ औं वार्षिकोत्सव मनाउँदै फूडमाण्डु वानमार्ट सार्वजनिक गरेको छ ।

फूडमाण्डु वानमार्टको सुरूआतसँगै अब फूडमाण्डुले ग्राहकलाई ग्रोसरी लगायत दैनिक आवश्यक वस्तुहरू पनि घरमै डेलिभरी गर्नेछ । अब ग्राहकहरूले फूडमाण्डु एपबाट ७०० भन्दा बढी उच्च गुणस्तरीय वस्तुहरूको तुरुन्तै र भरपर्दो डेलिभरी पाउनेछन् ।

हालको लागि यो सेवा गैरीधाराबाट ३ किलोमिटरको दायरा भित्र पर्ने महाराजगन्ज, धुम्बाराही, बालुवाटार र मैतीदेवी लगायत क्षेत्रहरूमा उपलब्ध छ भने छिटै काठमाडौं उपत्यकाभरी विस्तार गरिने कम्पनीले जनाएको छ ।

फूडमाण्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले ग्राहकको आवश्यकता अनुसार सेवालाई विकास गर्दै आएको बताए ।

‘फूडमाण्डुले ग्राहकवर्गको आवश्यकता अनुसार सेवालाई विकास गर्दै आएको छ । फूडमाण्डु वानमार्टको माध्यमबाट हामी ग्राहकलाई दैनिक आवश्यक पर्ने हरेक दिनको किनमेललाई पनि मनपर्ने खाना अर्डर गरेजस्तै सहज बनाउन चाहन्छौं,’ उनले भने ।

साथै १४ औं वार्षिकोत्सवको अवसरमा फूडमाण्डुले ʻफ्यान्टास्टिक १४’ नामक सेल्स क्याम्पेनको सुरूआत गर्दै ७० प्रतिशतसम्मको छुट प्रदान गर्ने भएको छ । यस क्याम्पेनमा ग्राहकहरूलाई फ्ल्याट डिस्काउन्ट, कम्बो अफर, बाई वान गेट वान डिल, क्याटेगोरी क्रन्च, फोर्टिन बाइट्स प्लेटर, फोर्टिन डेज-फोर्टिन मेगा अफर र फोर्टिन्थ आवर सेल्स जस्ता आकर्षक अफरहरू उपलब्ध हुनेछन् ।

सन् २०१० मा स्थापना भएदेखि फूडमाण्डुले अनलाइन फूड डेलिभरी सेवा सुरू गरेर ग्राहकवर्गलाई आफ्नो मनपर्ने रेस्टुरेन्टको खाना सजिलै घरमै पुर्याउँदै आएको छ । अहिले फूडमाण्डु काठमाडौं, पोखरा र चितवनमा पूर्ण रुपमा स्थापित भइसकेको छ ।

लुम्बिनी विकास कोषको साढे ७७ करोडको बजेट पारित Read Previous

लुम्बिनी विकास कोषको साढे ७७ करोडको बजेट पारित

विकास र लगानीलाई रोक्नु देशको आर्थिक सम्मृद्धिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल Read Next

विकास र लगानीलाई रोक्नु देशको आर्थिक सम्मृद्धिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल