साहस ऊर्जाले पहिलो त्रैमासमै कमायो ४० करोड नाफा, रिजर्भमा झण्डै ३ अर्ब

काठमाडौं । साहस ऊर्जा लिमिटेडको खुद नाफामा सामान्य सुधार आएको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १६.०७ प्रतिशतले बढेको छ ।

चालु आवको असोज मसान्तसम्म कम्पनीले ४० करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको तुलनामा ६ करोड ४६ लाख रुपैयाँ धेरै हो । कम्पनीले गत वर्ष पहिलो त्रैमासमा ३४ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने हुने आम्दानी घटे पनि खर्च घट्दा नाफामा सुधार आएको हो ।

समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानी २.९३ प्रतिशतले घटेर ८६ करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्ष यही अवधिमा कम्पनीले ८९ करोड ३४ लाख रुपैयाँको बिजुली बेचेको थियो । असोजसम्म कम्पनीले ७ लाख २६ हजार रुपैयाँ अन्य आम्दानी गरेको छ ।

समीक्षा अवधिमा साहसको वित्तीय र प्रशासनिक दुवै खर्च घटेको छ । प्रशासनिक खर्च २ करोड ५९ लाख रुपैयाँबाट घटेर १ करोड ८३ लाख रुपैयाँ र वित्तीय खर्च पनि ३२ करोड ८९ लाख रुपैयाँबाट घटेर २३ करोड ४० लाख रुपैयाँमा झरेको छ ।

हाल ३ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भ कोषमा २ अर्ब ९६ करोड रुपैयाँ संचिति छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४५.७४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ पनि १८४.८९ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०.६० गुणा रहेको छ ।

कम्पनीले निजी क्षेत्रकै हालसम्मको सबैभन्दा ठूलो ८६ मेगावाटको सोलुखोला दूधकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०७९ फागुन १७ गतेदेखि व्यवसायिक उत्पादन सुरु गरिसकेको छ ।

आजदेखि कोप-२९ सुरू, जलवायुजन्य जोखिमको उदाहरण प्रस्तुत गर्दै नेपाल Read Previous

आजदेखि कोप-२९ सुरू, जलवायुजन्य जोखिमको उदाहरण प्रस्तुत गर्दै नेपाल

कतार एयरवेजले भोलिदेखि भैरहवामा दैनिक उडान गर्ने Read Next

कतार एयरवेजले भोलिदेखि भैरहवामा दैनिक उडान गर्ने