सगरमाथा जलविद्युत्को लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । सगरमाथा जलविद्युत् कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साधरण सभा तथा लाभांश प्रयोजनका लागि भोलि (कात्तिक २६ गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

कम्पनीले गत वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

उक्त लाभांश पारित गर्न कम्पनीले मंसिर १४ गते चौथो वार्षिक साधरण सभा बोलाएको छ । कम्पनीको सभा स्मार्ट दरबार, शंखपार्क, काठमाडौँमा बिहान ९ बजे सुरु हुनेछ।

ट्रम्पको उदयपछि डलरको मूल्यमा लगातार चौथो दिन नयाँ रेकर्ड Read Previous

ट्रम्पको उदयपछि डलरको मूल्यमा लगातार चौथो दिन नयाँ रेकर्ड

कालीगण्डकी करिडोरको म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै Read Next

कालीगण्डकी करिडोरको म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै