हवाई भाडा अचाक्ली बढेपछि छलफलमा जुटे मन्त्रीहरू

काठमाडौं । हवाई भाडा अस्वभाविक वृद्धि भएपछि सरकारका मन्त्रीहरू छलफलमा जुटेका छन् ।

भाडावृद्धिका कारण वैदेशिक रोजगारीमा जाने श्रमिकहरू मर्कामा परेको भन्दै मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डे बद्री पाण्डेले शुक्रबार परराष्ट्रमन्त्री आरजू राणा देउवा, श्रम तथा रोजगारमन्त्री सरदसिंह भण्डारीसहित वैदेशिक रोजगार सम्बद्ध संस्थाका प्रतिनिधिहरूसँगे हवाई भाडावृद्धिका बारेमा छलफल गरेका हुन् ।

सो अवसरमा वैदेशिक रोजगारीमा जानेहरूका लागि नयाँ दिल्लीस्थित विमानस्थल प्रयोग गर्न यसअघि लगाइएको रोक खुला गर्ने तथा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थप उडानका लागि सहजीकरण गर्ने लगायतका विषयमा छलफल भएको थियो ।

छलफलका क्रममा विमानस्थलको ट्याक्सी वे विस्तारका लागि रातीको समय विमानस्थल बन्द भएको बहानामा केही विमान कम्पनीहरूले कार्टेलिङ गरेको हुन सक्ने भन्दै बैदैशिक रोजगारसँग सम्बद्ध व्यवसायीहरूले यस विषयमा सरकारले निर्मम भएर निर्णय गर्नु पर्ने कुरामा जोड दिएका थिए ।

छलफलका क्रममा लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएनका अध्यक्ष दीपक थापाले नेपालबाट अन्तर्राष्ट्रिय हवाई भाडामा अस्वभाविक रुपमा वृद्धि भइ रहेको र यसमा एयरलाइन्स कम्पनीहरू र केही ट्राभल  एजेन्सीहरूको हात ठूलो हात रहेको बताएका थिए ।

उनले भने, ‘गरिब श्रमिकहरू सामान्यभन्दा चार गुणा बढी हवाई मूल्यमा टिकट किन्न बाध्य बनाएको छ । यस विषयमा सरकारले कडा कदम चाल्न जरुरी छ ।’

परराष्ट्रमन्त्री आरजु राणा देउवाले हवाई टिकमा कटौती हुँदा सबैभन्दा बढी सरकारलाई नै घाटा भएको उल्लेख गरिन्। उनले पर्यटनमन्त्रीको अध्यक्षतामा पुनः बैठक बसेर समस्या टुंग्याउने उल्लेख गर्दै तत्काललाई यात्रुहरूलाई मध्यनजर गर्दै दिल्लीबाट उडान भर्नका लागि दूतावासमार्फत पहल गर्नका लागि अनुरोध गर्ने समेत बताइन् ।

त्यसैगरी, श्रम तथा रोजगार तथा समाजिक सुरक्षा मन्त्री सरतसिंह भण्डारीले यस अघि भारतको  नयाँ दिल्लीबाट नेपालीहरू श्रमगन्तव्यमा जाने गरेको भए पनि म्यानपावर व्यवसायीहरूकै आग्रहमा मानव तस्करी बढेको गुनासोपछि रोक लगाएको बताए । मन्त्री भण्डारीले भैरहवा र पोखरा विमानस्थलबाट हवाई उडान भर्न आग्रह गरे ।

मन्त्री भण्डारीले भने, ‘हवाई टिकटमा भएको मूल्यवृद्धिका कारण नेपाल आउने पर्यटकहरू समेत मर्कामा परेका छन् । सिन्डिकेट र कार्टेलिन भएको भए त्यसलाई रोक्नुपर्छ । वैकल्पिक एयरपोर्टका लागि भैरहवा र पोखरा विमानस्थल प्रयोगमा जोड दिनुपर्छ ।’

त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले दशैं तिहारको समयमा बाढी पहिरोका कारण हवाई चाप बढ्दा आन्तरिक उडानको टिकटको मूल्य बढेको उल्लेख गरे।

हाल त्रिभुवन विमानस्थलको धावनमार्ग विस्तार गर्नका लागि विमानस्थलमा रातीको समयमा हुने उडान समय घटाएको विषयलाई लिएर हवाई टिकमा वृद्धि भएको उनले बताए । उनले भने, ‘धावनमार्गको विस्तारको सूचना बाहिरीएसँगै एयरलाइन्स कम्पनीहरूले उडान कटौती गर्ने योजना बनाइसक्नुभएको थियो । पोखरा र भैरहवा अन्तराष्ट्र्रिय विमानस्थलमा फ्लाइट डाइभर्ड गर्न थालिएको  हाल तीन/चार/वटा विमान कम्पनीले जाने तयारी गरिरहेका र केही गइरहेका छन् ।’

मन्त्री पाण्डेले सरकारसँग पर्याप्त विमान नहुँदा समेत समस्या देखिएको बताए । रोजगार व्यवसायीहरूले भने सरकार आवश्यक परेको बखत निर्मम बन्नु पर्ने समेत सुझाव दिएका थिए ।

२२० केभी खुदी सबस्टेसन निर्माण अन्तिम चरणमा, ३ महिना भित्र सकिने Read Previous

२२० केभी खुदी सबस्टेसन निर्माण अन्तिम चरणमा, ३ महिना भित्र सकिने

पाथीभरामा केबलकार शिलान्यासकै दिन विवाद, दुई पक्ष बीच झडप Read Next

पाथीभरामा केबलकार शिलान्यासकै दिन विवाद, दुई पक्ष बीच झडप