सिंगापुरको कम्पनीले साढे २ अर्बमा पायो रासायनिक मल ल्याउने ठेक्का

काठमाडौं । सिंगापुरको आदित्य बिरला ग्लोबल ट्रेडिङ प्रालिले २५ हजार टन डीएपी रासायनिक मल ल्याउने ठेक्का पाएको छ । कृषि सामग्री कम्पनी लिमिटेडले ग्लोबल टेन्डरबाट मल खरिदको ठेक्का आदित्य बिरलालाई दिएको हो ।

कृषि सामग्री कम्पनीका अनुसार उक्त कम्पनीले १ करोड ८९ लाख ७५ हजार अमेरिकी डलर (करिब २ अर्ब ५६ करोड रुपैयाँ)मा डीएपी मल खरिदको ठेक्का पाएको हो ।

कृषि सामग्री कम्पनीले प्रतिटन ७ सय ५९ डलरमा नेपालले मल किन्ने गरी ठेक्का दिएको हो। आदित्य बिरलाले वीरगञ्ज, विराटनगर र भैरहवामा मलको आपूर्ति दिनेछ । ठेक्का सम्झौता अनुसार कम्पनीले साढे २ महिना (१०७ दिन) भित्र मल ल्याइसक्नुपर्नेछ ।

सरकारले चालु आवमा ५ लाख ५० हजार टन रासायनिक मल खरिद गर्ने लक्ष्य राखेको छ । सो अनुसार धमाधम ठेक्का लगाइरहेको हो ।

कृषि तथा पशुपंक्षी मन्त्रालयका अनुसार चालु आव २०८१/८२ (असोज मसान्तसम्म) १ लाख ५५ हजार ६८९ टन मल आयात भइसकेको छ । गत वर्षको मौज्दातसहित हाल १ लाख ४४ हजार ८२५ टन मल भण्डारमा रहेको मन्त्रालयले जनाएको छ ।

 

चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन संचालनमा आयो, १२०० मेगावाट बिजुली प्रवाह गर्नसक्ने Read Previous

चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन संचालनमा आयो, १२०० मेगावाट बिजुली प्रवाह गर्नसक्ने

४० दिन बित्दा पनि संकलन भएको क्षतिको विवरण, पुनर्वास कार्यक्रम प्रभावित Read Next

४० दिन बित्दा पनि संकलन भएको क्षतिको विवरण, पुनर्वास कार्यक्रम प्रभावित