नेपालमा हयातको चौथो ब्राण्ड, ‘हयात रेजेन्सी लुम्बिनी’ संचालनमा ल्याउँदै

काठमाडौं । हयात होटल्स कर्पोरेसनले नेपालमा आफ्नो ब्राण्ड विस्तारलाई तीव्रता दिन थालेको छ । हयातले गोल्यान ग्रुपको लगानी रहेको वेदा हस्पिटालिटी प्राइभेट लिमिटेडले लुम्बिनीमा संचालनमा ल्याउन लागेको हयात रेजेन्सी लुम्बिनीसँग सम्झौता गरेको छ ।

हयात होटल्स कर्पोरेसनले आफ्नो ब्राण्ड विस्तारलाई प्राथमिकता दिएको हो । यो सम्झौतासँगै ‘ह्यात रेजेन्सी लुम्बिनी’ नेपालमा हयात होटल्स कर्पोरेसनको चौथो हयात ब्राण्ड बनेको छ । कुल १७५ कोठा रहेको यो होटेल गोल्यान समूह अन्तर्गतको दोस्रो होटलको रूपमा संचालमा रहनेछ । यसअघि काठमाडौँ सोल्टीमोडमा हयात प्यालेस होटेल हयातको होटेल चेनसँग आबद्ध रही संचालनमा रहेको छ ।

यो सम्झौताले दक्षिणपश्चिम एसियाका लागि ह्यातको विस्तार योजनामा नेपाल महत्वपूर्ण स्थानमा रहेको प्रष्टयाएको हो। हयात रिजेन्सी लुम्बिनी सन् २०२८ सम्ममा पूर्णरुपमा संचालनमा ल्याउने गरी गोल्याण ग्रुपले निर्माण कार्यलाई तिब्रता दिएको छ ।

रूपन्देहीको दानव नदीको मनमोहक किनारमा निर्माणाधिन ‘ह्यात रेजेन्सी लुम्बिनी’ धेरै नै भ्रमण गरिने तीर्थस्थल मायादेवी मन्दिर र अन्य प्रमुख आकर्षणका केन्द्रबिन्दुबाट छोटो दूरीमा अवस्थित छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा तथा बुटवल शहर र नेपाल भारत सीमाको नजिक रहने भएकाले विश्वभरका व्यवसायिक र मनोरञ्जनका यात्रुहरूलाई सहज रुपमा पहुँच पुर्याउनका निम्ति महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ।

हयातका भारत र दक्षिण पश्चिम एशियाका विकासका उपाध्यक्ष ध्रुवा राठौरले भने, ‘लुम्बिनीको प्राचिन सांस्कृतिक र आध्यात्मिक , यसलाई समृद्ध तुल्याउनका निम्ती ह्यातले जमाएको विरासतले विश्वभरका यात्रु लगायत र स्थानीयहरूको लागि पनि एक आकर्षक गन्तव्यको रूपमा रहन्छ । यसले हयातको संसारभरका महानुभाव, ग्राहक र संचालकलाई मनपर्ने गन्तव्य रुपमा हाम्रो ब्राण्डको दायरालाई सोचविचार गर्दै विस्तार गर्ने प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ । नेपाल दक्षिण पश्चिम एशिया क्षेत्रमा ह्यातको विकासका लागि बनाइएका रणनीतिहरुमा महत्वपूर्ण भूमिका निर्वाह गर्नका लागि हामी हयात रेजेन्सी ब्राण्डसँग लुम्बिनी प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको आतिथ्य प्रदान गर्न गोल्यान ग्रुपसँग निरन्तर सहकार्यको अपेक्षा गर्दछौँ।’

हयात रेजेन्सी होटल एण्ड रिजोर्टस मानव समुदायका भावनालाई एकै साथ प्रोत्साहित गर्ने गरी डिजाइन गरिएका छन् । आगामी दिनमा नेपालमा स्थापित हुने ह्यात ब्राण्डका होटलहरु आधुनिक डिजाइन र परम्परागत नेपाली पनको मिश्रण सहितका हुने गोल्याण ग्रुपको भनाइ छ ।

‘हयातसँगको हाम्रो सहकार्यलाई लुम्बिनीमा पहिलो हयात रेजेन्सी ब्राण्डको होटलको उद्घाटन गर्न पाउँदा अत्यन्तै खुशी छौं,’ गोल्यान ग्रुपका व्यवस्थापकीय निर्देशक अक्षय गोल्यान भने, ‘गोल्यान हयात रेजेन्सी लुम्बिनीको हाम्रो रणनीति विश्वस्तरीय गन्तव्य सिर्जना गर्नु हो जसले नेपालको आतिथ्य अनुभवलाई उचाइमा पुर्याउँछ र लुम्बिनीको सांस्कृतिक धरोहरको सम्मान र प्रवर्द्धन गर्दछ । हामी विश्वास गर्छौं कि यो होटल लुम्बिनी क्षेत्रको एक महत्वपूर्ण चिन्ह बन्नेछ र नेपालको पर्यटन उद्योग विकासमा प्रमुख योगदान गर्नेछ ।’

लुम्बिनीमा विस्तार हुन लागेको हयात रिजेन्सी होटलले लुम्बिनी क्षेत्रको सांस्कृतिक धरोहरलाई समर्थन गर्नको लागि ध्यानपूर्वक डिजाइन गरिएको छ । कुल ११ एकड (८७.५ रोपनी) क्षेत्रफलमा फैलिएको लुम्बिनी हयात रिजेन्सीमा १७५ अतिथि कोठाहरू, सुविधाजनक भोजनका विकल्पहरू, कार्यक्रम र बैठक स्थलहरूसमेत अत्याधुनिक फिटनेस केन्द्र, स्वास्थ्य स्पा, बाहिरी पोखरी लगायतका अन्य मनोरञ्जनका सुविधाहरू रहने छन् ।

हयातको वर्तमान पोर्टफोलियोमा भारत र दक्षिण पश्चिम एशियामा ५२ होटलमा समावेश छ, जसमा ५० भारतमा र नेपालमा २ रहेकोमा अन्दाज, अलिला, ह्यात, हायात रिजेन्सी, हायात सेन्ट्रिक, प्लेस पार्क ह्यात लगायतका नौ वटा ब्राण्डहरु रहेका छन् ।

हयातको विश्वभर ७८ देशमा १३५० भन्दा बढी होटेल रहेका छन् भने दक्षिण एसियामा ५०० भन्दा बढी होटेल रहेका छन् । नेपालमा सबैभन्दा पुरानो हयात रिजेन्सी २४ वर्षअघि खुलेको थियो । दोस्रो होटेल हयात प्यालेस होटेल संचालनमा छ भने पछिल्लो छोटो समयमा गोल्याण गु्रप अन्तर्गत हयात प्यालेसपछि लुम्बिनीमा संचालनमा ल्याउने तयारी अगाडि बढेको हो ।

स्थानीय तह उपनिर्वाचन : अध्यक्षका उम्मेदवारले ४ लाख खर्च गर्न पाउने, कहाँ-कहाँ हुँदैछ चुनाव ? Read Previous

स्थानीय तह उपनिर्वाचन : अध्यक्षका उम्मेदवारले ४ लाख खर्च गर्न पाउने, कहाँ-कहाँ हुँदैछ चुनाव ?

चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन संचालनमा आयो, १२०० मेगावाट बिजुली प्रवाह गर्नसक्ने Read Next

चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन संचालनमा आयो, १२०० मेगावाट बिजुली प्रवाह गर्नसक्ने