एनएलजी इन्स्योरेन्सले मंसिर ११ गतेदेखि हकप्रद सेयर बिक्री गर्ने, बुकक्लोज कहिले ?

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर ११ गतेदेखि हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ६२.५६ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो ।

इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँ दरले ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले कात्तिक २७ गते बुकक्लोज गर्दैछ । सो अनुसार कात्तिक २६ गतेसम्म कायम रहने सेयरधनीले हकप्रदमा आवेदन दिन पाउने छन् ।

कम्पनीको हकप्रदमा मंसिर ११ देखि पुस १ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले बिक्री प्रबन्धकका साथै एनएलजी इन्स्योरेन्सका केन्द्रीय तथा क्षेत्रिय कार्यालयहरू, लक्ष्मी सनराइज बैंकका काठमाडौँ उपत्यका बाहिरका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु, तिशनका शाख कार्यालयका साथै मेरोसेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले इन्स्योरेन्सलाई ‘इक्राएनपी इस्यूअर ए माइनस’ रेटिङ दिएको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको जनाउँदछ ।

हाल १ अर्ब ५३ करोड ९५ लाख ३६ हजार १०० रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको हकप्रदपछि २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९८२ रुपैयाँ पुग्नेछ।

त्रिभुवन विमानस्थलबाट साढे ५ केजी सुनसहित ३ विदेशी पक्राउ Read Previous

त्रिभुवन विमानस्थलबाट साढे ५ केजी सुनसहित ३ विदेशी पक्राउ

कर्जाको माग नबढेपछि प्रणालीबाट एकैदिन १ खर्ब तान्दै राष्ट्र बैंक Read Next

कर्जाको माग नबढेपछि प्रणालीबाट एकैदिन १ खर्ब तान्दै राष्ट्र बैंक