काठमाडौं । सरकारले आजभन्दा २२ वर्ष अघि सन् १९९८ मा पनि भ्रमण वर्षको आयोजना गरेको थियो । उक्त भ्रमण वर्षको छेकोमा त्यसको बजारीकरण (मार्केटिङ) गर्न भ्रम्रण वर्ष सम्बद्ध र नेपाल सरकारका अधिकारीहरु लण्डन पुगेका थिए । उनीहरुले त्यहाँ लण्डनको चर्चित हाइड पार्कमा भ्रमण वर्षको प्रर्बद्धन स्वरुप भाषण ठोके । त्यो पनि नेपालीमै । उनीहरुले नेपालीमा गरेको भाषण सुनेर कति बेलायतीहरु नेपाल घुम्न आए होलान ? उनै जानुन् । तर, उनीहरुको बजारीकरण सम्बन्धी चेतना (मार्केटिङ सेन्स) को बारेमा भने राम्रै चर्चा भएको थियो विभिन्न डबलीहरुमा ।
अहिले २२ वर्ष पछि नेपाल सरकार फेरी भ्रमण वर्ष मनाउन कस्सिएको छ । र, त्यसको पूर्वसन्ध्यामा उभिएको छ । भ्रमण वर्षको प्रबद्र्धन गर्न सरकारले केही योजनाहरु पनि अघि सारिसकेको छ । तर, ती सबै योजनाहरु हास्यास्पद लाग्छन् । र, त्यस्ता योजनाहरुले नेपाल सरकार र तिनका अधिकारीहरुले यो २२ वर्षमा बजारीकरणको न्यूनतम चेतना पनि विकास गर्न सकेका रहेनछन् भन्ने फेरी एकपटक पुष्टि भएको छ ।
सरकारले भ्रमण वर्ष शुरु भएपछि नेपाल पस्ने पहिलो पर्यटकलाई बग्गीमा राखेर सहर घुमाउने जनाएको छ । यस्तो मार्केटिङ रणनीति सुनेर मार्केटिङ पण्डितहरु मरिमरि हाँस्दा हुन् । लामो जहाजको यात्रा गरेर आएर अनी फेरी होटल गएर आराम नगरी कसलाई मनलाग्दो हो बग्गी चढेर धूलो खाँदै सहर घुम्ने ?
यसको सट्टा विश्व चर्चित कुनै सेलिब्रेटि सेफसँग सम्झौता गरेर उनलाई नेपाली लोकपरिकार वा नेपाली फ्युजनको कुनै ‘एक्जोटिक’ डिस बनाउन लागाएर र त्यसको भिडियो बनाएर प्रर्बद्धन गरेको भए हुन्थ्यो नि, नेपाल आउने पहिलो पर्यटकले आफ्नो बसाइको क्रममा कुनै तारे होटलमा गएर ती सेलिब्रेटि सेफको रेसीपीमा आधारित खाना खान पाउने भनेर ।
यहाँ काम नपाएर विदेशिनुको टन्टा, परिवारबाट टाढा हुनुको पीडा, कहिल्यै नपुगेको विरानो देशमा ओर्लनुको अन्यौलता, कलेटि परेको ओठ अनी आङमा भ्रमण वर्षको विज्ञापन गर्ने गञ्जी ! कस्तो तस्वीर बन्छ ? के बेच्न खोजेका नेपाली अधिकारीहरुले ?
त्यस्ता सेलिब्रेटि सेफका लाखौं फलोअर हुन्छन्, युट्युव, इन्स्टाग्राम वा ट्वीटरमा । उनीहरुले नेपाली खानाको प्रबद्र्धन स्वरुप कुनै खाना बनाइदिए त्यसले भ्रमण वर्षको लागि कति प्रभावकारी मार्केटिङ गर्ला ? यस्ता विषयमा अधिकारिहरुलाई सुँईको छैन ।

गोर्डन रामसे भन्ने विख्यात सेफ छन् । उदाहरणका लागि, उनलाई ढोरपाटनमा लगेर घोरलको शिकार गरेर उक्त घोरललाई ‘बारबिक्यु’ गरेर खाएको आधा घण्टाको कार्यक्रम बनाउन पाए ढोरपाटनमा शिकार खेल्ने क्रियाकलापले कस्तो चर्चा पाउला ? ढोरपाटनमा शिकार खेल्ने क्रियाकलाप जबरजस्त पर्यटकीय उत्पादनको रुपमा स्थापित होला कि नहोला ? रामसेले धेरै देशहरुमा यस्ता कार्यक्रमहरु बनाएका छन् ।
सरकारले भ्रमण वर्षको प्रर्बद्धन स्वरुप वैदेशिक रोजगारीको लागि जान लागेका मजदुरहरुलाई भ्रमण वर्ष अंकित गञ्जी लगाएर पठाउने भएको छ । यो सुनेर हाँस्ने कि रुने ?
यहाँ काम नपाएर विदेशिनुको टन्टा, परिवारबाट टाढा हुनुको पीडा, कहिल्यै नपुगेको विरानो देशमा ओर्लनुको अन्यौलता, कलेटि परेको ओठ अनी आङमा भ्रमण वर्षको विज्ञापन गर्ने गञ्जी ! कस्तो तस्वीर बन्छ ? के बेच्न खोजेका नेपाली अधिकारीहरुले ?
यसको सट्टा कुनै चर्चित भ्लगरलाई बोलाएर नेपालले प्रर्बद्धन गर्न खोजेको पर्यटकीय उत्पादनको प्रर्बद्धन गर्न लगाए हुन्थ्यो । त्यस्ता भ्लगरका लाखौं फलोअर हुन्छन् ।
नेपालले हिमाल वा पदयात्रा प्रर्बद्धन गर्न खोजेको हो भने बियर ग्रील्सलाई बोलाएर कार्यक्रम बनाउन लगाएको भए कति प्रभावकारी हुन्थ्यो होला । उनी हिमाल चढ्न नेपाल आएका पनि छन् । उनको ‘म्यान भर्सेस वाइल्ड’ भन्ने कार्यक्रममा नेपालको हिमाली पदयात्रा समावेश गर्दा त त्यसले हलचल नै ल्याउन सक्छ । यतातर्फ पनि भ्रमण वर्ष सम्बद्ध अधिकारीहरुको ध्यान छैन ।
सरकारले भ्रमण वर्षको विज्ञापन गर्न दरवार मार्गमा ब्यानरहरु झुण्ड्याएको छ । अनी सरकारी वेबसाइटहरुमा विज्ञापन टाँसेको छ । यस्तो क्रियाकलापले पर्यटक कसरी आउलान, सोच्दै उदेक लाग्छ । सरकारी वेबसाइट हेरेर पर्यटक आउने भन्ने पनि होला र !
यसको सट्टा र विश्वका ठूला र चर्चित ट्राभल एण्ड टुर कम्पनीहरुसँग सम्झौता गरेको भए हुन्थ्यो । लण्डन, न्यूर्योक, सिड्नी, दिल्लीजस्ता सहरहरुको मेट्रो स्टेशन तिर भिडियो विज्ञापन देखाएको भए हुन्थ्यो । चर्चित खेलकुद प्रतियोगिता स्थलहरुमा ब्यानर झुण्ड्याउँदा बढी प्रभावकारी हुन्थ्यो ।
गुगलसँग कुरा गरेर एक दिनका लागि उसको होमपेजमा भ्रमण वर्षको ब्यानरको लागि सम्झौता गरेको भए कसो हुन्थ्यो ?
सरकारले भ्रमण वर्षको विज्ञापन गर्न दरबार मार्गमा ब्यानरहरु झुण्ड्याएको छ । अनी सरकारी वेबसाइटहरुमा विज्ञापन टाँसेको छ । यस्तो क्रियाकलापले पर्यटक कसरी आउलान, सोच्दै उदेक लाग्छ । सरकारी वेबसाइट हेरेर पर्यटक आउने भन्ने पनि होला र !
सरकारले गर्न लागेको अर्को काम भनेको दशरथ रङ्गशालामा ‘भव्य’ उद्घाटन हो । जहाँ राष्ट्रपति विद्या र प्रधानमन्त्री खड्ग प्रसादले भाषण गर्नेछन् । विद्याको ओजपूर्ण भाषण र खड्ग प्रसादको हास्य रस मिसिएको भाषणले पर्यटक तान्ने प्रयास गरेका हुन् की अधिकारीहरूले ! सोच्यो भने रिङगटा लाग्छ ।
यस्तो कार्यक्रम गर्नुको साटो लिओनार्दो डिक्याप्रियोलाई भ्रमण वर्षको बारेमा बोल्न अनुरोध गरेको भए कस्तो हुन्थ्यो होला ! उनी हलिउडको चर्चित अभिनेता हुन् । पर्यावरणको संरक्षणमा धेरै चासो राख्छन् । विश्व वन्यजन्तु संरक्षण कोषको दूत पनि हुन् । नेपाले बाघ संरक्षणमा गरेको प्रभावकारी काम हेर्न नेपाल आएका पनि थिए । उनको मुखबाट नेपालले बाघ संरक्षणमा गरेको कामका बारेमा बोल्न लगाएर र उनी मार्फत सबैलाई नेपालमा बाघ हेर्न आउने निम्तो दिए कस्तो होला ?
माथि उल्लेख गरिएका कामहरु गर्न नसकिने होइनन् । भ्लगर, कलाकार, कार्यक्रम प्रस्तोता, सेलिब्रटी सेफ इत्यादीसँग राज्यले चाहे पहुँच नै पुर्याउन नसक्ने भन्ने हुँदैन । राज्यले व्यक्तिहरुको मा पहुँच पुर्याउन नसक्ने भन्ने होला त ?
नेपालका सरकारी अधिकारीहरुको सामाजिक र आर्थिक पृष्ठिभूमिको कारण यो ढंगले सोच्न सकेनन् भन्ने होला रे ल । तर, भ्रमण वर्ष संयोजन समितिमा अंग्रेजी तेज तरार ढंगले बोल्ने, देश दुनियाँ देखेका एलिटहरु पनि छन् त ! उनीहरु पनि किन यस्ता ?
कुरा सोचको मात्र हो । दृष्टकोणको हो । सृजनशीलताको हो । पैसाको त झन् हुँदै होइन ।
नेपाल विभिन्न कारणले गर्दा तुलनात्मक रुपमा अरु धेरै देशहरुभन्दा गरीब पक्कै पनि हो । तर, त्यो भन्दा हरितन्नम चाहिँ सोच हो । तन्नम सोच बोकेर समृद्धिको गोरेटो त कसरी कोर्नु र खै ?