श्रम बेच्न विदेशिनेले ‘टी-सर्ट र क्याप’ लगाएर मात्र हुन्छ त भ्रमण वर्षको ‘मार्केटिङ’

काठमाडौं । सरकारले आजभन्दा २२ वर्ष अघि सन् १९९८ मा पनि भ्रमण वर्षको आयोजना गरेको थियो । उक्त भ्रमण वर्षको छेकोमा त्यसको बजारीकरण (मार्केटिङ) गर्न भ्रम्रण वर्ष सम्बद्ध र नेपाल सरकारका अधिकारीहरु लण्डन पुगेका थिए । उनीहरुले त्यहाँ लण्डनको चर्चित हाइड पार्कमा भ्रमण वर्षको प्रर्बद्धन स्वरुप भाषण ठोके । त्यो पनि नेपालीमै । उनीहरुले नेपालीमा गरेको भाषण सुनेर कति बेलायतीहरु नेपाल घुम्न आए होलान ? उनै जानुन् । तर, उनीहरुको बजारीकरण सम्बन्धी चेतना (मार्केटिङ सेन्स) को बारेमा भने राम्रै चर्चा भएको थियो विभिन्न डबलीहरुमा ।

 

अहिले २२ वर्ष पछि नेपाल सरकार फेरी भ्रमण वर्ष मनाउन कस्सिएको छ । र, त्यसको पूर्वसन्ध्यामा उभिएको छ । भ्रमण वर्षको प्रबद्र्धन गर्न सरकारले केही योजनाहरु पनि अघि सारिसकेको छ । तर, ती सबै योजनाहरु हास्यास्पद लाग्छन् । र, त्यस्ता योजनाहरुले नेपाल सरकार र तिनका अधिकारीहरुले यो २२ वर्षमा बजारीकरणको न्यूनतम चेतना पनि विकास गर्न सकेका रहेनछन् भन्ने फेरी एकपटक पुष्टि भएको छ ।

 

सरकारले भ्रमण वर्ष शुरु भएपछि नेपाल पस्ने पहिलो पर्यटकलाई बग्गीमा राखेर सहर घुमाउने जनाएको छ । यस्तो मार्केटिङ रणनीति सुनेर मार्केटिङ पण्डितहरु मरिमरि हाँस्दा हुन् । लामो जहाजको यात्रा गरेर आएर अनी फेरी होटल गएर आराम नगरी कसलाई मनलाग्दो हो बग्गी चढेर धूलो खाँदै सहर घुम्ने ?

 

यसको सट्टा विश्व चर्चित कुनै सेलिब्रेटि सेफसँग सम्झौता गरेर उनलाई नेपाली लोकपरिकार वा नेपाली फ्युजनको कुनै ‘एक्जोटिक’ डिस बनाउन लागाएर र त्यसको भिडियो बनाएर प्रर्बद्धन गरेको भए हुन्थ्यो नि, नेपाल आउने पहिलो पर्यटकले आफ्नो बसाइको क्रममा कुनै तारे होटलमा गएर ती सेलिब्रेटि सेफको रेसीपीमा आधारित खाना खान पाउने भनेर ।

 

यहाँ काम नपाएर विदेशिनुको टन्टा, परिवारबाट टाढा हुनुको पीडा, कहिल्यै नपुगेको विरानो देशमा ओर्लनुको अन्यौलता, कलेटि परेको ओठ अनी आङमा भ्रमण वर्षको विज्ञापन गर्ने गञ्जी ! कस्तो तस्वीर बन्छ ? के बेच्न खोजेका नेपाली अधिकारीहरुले ?

 

त्यस्ता सेलिब्रेटि सेफका लाखौं फलोअर हुन्छन्, युट्युव, इन्स्टाग्राम वा ट्वीटरमा । उनीहरुले नेपाली खानाको प्रबद्र्धन स्वरुप कुनै खाना बनाइदिए त्यसले भ्रमण वर्षको लागि कति प्रभावकारी मार्केटिङ गर्ला ? यस्ता विषयमा अधिकारिहरुलाई सुँईको छैन ।

 

गोर्डन रामसे भन्ने विख्यात सेफ छन् । उदाहरणका लागि, उनलाई ढोरपाटनमा लगेर घोरलको शिकार गरेर उक्त घोरललाई ‘बारबिक्यु’ गरेर खाएको आधा घण्टाको कार्यक्रम बनाउन पाए ढोरपाटनमा शिकार खेल्ने क्रियाकलापले कस्तो चर्चा पाउला ? ढोरपाटनमा शिकार खेल्ने क्रियाकलाप जबरजस्त पर्यटकीय उत्पादनको रुपमा स्थापित होला कि नहोला ? रामसेले धेरै देशहरुमा यस्ता कार्यक्रमहरु बनाएका छन् ।

 

सरकारले भ्रमण वर्षको प्रर्बद्धन स्वरुप वैदेशिक रोजगारीको लागि जान लागेका मजदुरहरुलाई भ्रमण वर्ष अंकित गञ्जी लगाएर पठाउने भएको छ । यो सुनेर हाँस्ने कि रुने ?

 

यहाँ काम नपाएर विदेशिनुको टन्टा, परिवारबाट टाढा हुनुको पीडा, कहिल्यै नपुगेको विरानो देशमा ओर्लनुको अन्यौलता, कलेटि परेको ओठ अनी आङमा भ्रमण वर्षको विज्ञापन गर्ने गञ्जी ! कस्तो तस्वीर बन्छ ? के बेच्न खोजेका नेपाली अधिकारीहरुले ?

 

यसको सट्टा कुनै चर्चित भ्लगरलाई बोलाएर नेपालले प्रर्बद्धन गर्न खोजेको पर्यटकीय उत्पादनको प्रर्बद्धन गर्न लगाए हुन्थ्यो । त्यस्ता भ्लगरका लाखौं फलोअर हुन्छन् ।

 

नेपालले हिमाल वा पदयात्रा प्रर्बद्धन गर्न खोजेको हो भने बियर ग्रील्सलाई बोलाएर कार्यक्रम बनाउन लगाएको भए कति प्रभावकारी हुन्थ्यो होला । उनी हिमाल चढ्न नेपाल आएका पनि छन् । उनको ‘म्यान भर्सेस वाइल्ड’ भन्ने कार्यक्रममा नेपालको हिमाली पदयात्रा समावेश गर्दा त त्यसले हलचल नै ल्याउन सक्छ । यतातर्फ पनि भ्रमण वर्ष सम्बद्ध अधिकारीहरुको ध्यान छैन ।

 

सरकारले भ्रमण वर्षको विज्ञापन गर्न दरवार मार्गमा ब्यानरहरु झुण्ड्याएको छ । अनी सरकारी वेबसाइटहरुमा विज्ञापन टाँसेको छ । यस्तो क्रियाकलापले पर्यटक कसरी आउलान, सोच्दै उदेक लाग्छ । सरकारी वेबसाइट हेरेर पर्यटक आउने भन्ने पनि होला र !

 

यसको सट्टा र विश्वका ठूला र चर्चित ट्राभल एण्ड टुर कम्पनीहरुसँग सम्झौता गरेको भए हुन्थ्यो । लण्डन, न्यूर्योक, सिड्नी, दिल्लीजस्ता सहरहरुको मेट्रो स्टेशन तिर भिडियो विज्ञापन देखाएको भए हुन्थ्यो । चर्चित खेलकुद प्रतियोगिता स्थलहरुमा ब्यानर झुण्ड्याउँदा बढी प्रभावकारी हुन्थ्यो ।

 

गुगलसँग कुरा गरेर एक दिनका लागि उसको होमपेजमा भ्रमण वर्षको ब्यानरको लागि सम्झौता गरेको भए कसो हुन्थ्यो ?

 

सरकारले भ्रमण वर्षको विज्ञापन गर्न दरबार मार्गमा ब्यानरहरु झुण्ड्याएको छ । अनी सरकारी वेबसाइटहरुमा विज्ञापन टाँसेको छ । यस्तो क्रियाकलापले पर्यटक कसरी आउलान, सोच्दै उदेक लाग्छ । सरकारी वेबसाइट हेरेर पर्यटक आउने भन्ने पनि होला र !

 

सरकारले गर्न लागेको अर्को काम भनेको दशरथ रङ्गशालामा ‘भव्य’ उद्घाटन हो । जहाँ राष्ट्रपति विद्या र प्रधानमन्त्री खड्ग प्रसादले भाषण गर्नेछन् । विद्याको ओजपूर्ण भाषण र खड्ग प्रसादको हास्य रस मिसिएको भाषणले पर्यटक तान्ने प्रयास गरेका हुन् की अधिकारीहरूले ! सोच्यो भने रिङगटा लाग्छ ।

 

यस्तो कार्यक्रम गर्नुको साटो लिओनार्दो डिक्याप्रियोलाई भ्रमण वर्षको बारेमा बोल्न अनुरोध गरेको भए कस्तो हुन्थ्यो होला ! उनी हलिउडको चर्चित अभिनेता हुन् । पर्यावरणको संरक्षणमा धेरै चासो राख्छन् । विश्व वन्यजन्तु संरक्षण कोषको दूत पनि हुन् । नेपाले बाघ संरक्षणमा गरेको प्रभावकारी काम हेर्न नेपाल आएका पनि थिए । उनको मुखबाट नेपालले बाघ संरक्षणमा गरेको कामका बारेमा बोल्न लगाएर र उनी मार्फत सबैलाई नेपालमा बाघ हेर्न आउने निम्तो दिए कस्तो होला ?

 

माथि उल्लेख गरिएका कामहरु गर्न नसकिने होइनन् । भ्लगर, कलाकार, कार्यक्रम प्रस्तोता, सेलिब्रटी सेफ इत्यादीसँग राज्यले चाहे पहुँच नै पुर्याउन नसक्ने भन्ने हुँदैन । राज्यले व्यक्तिहरुको मा पहुँच पुर्याउन नसक्ने भन्ने होला त ?

 

नेपालका सरकारी अधिकारीहरुको सामाजिक र आर्थिक पृष्ठिभूमिको कारण यो ढंगले सोच्न सकेनन् भन्ने होला रे ल । तर, भ्रमण वर्ष संयोजन समितिमा अंग्रेजी तेज तरार ढंगले बोल्ने, देश दुनियाँ देखेका एलिटहरु पनि छन् त ! उनीहरु पनि किन यस्ता ?

 

कुरा सोचको मात्र हो । दृष्टकोणको हो । सृजनशीलताको हो । पैसाको त झन् हुँदै होइन ।

 

नेपाल विभिन्न कारणले गर्दा तुलनात्मक रुपमा अरु धेरै देशहरुभन्दा गरीब पक्कै पनि हो । तर, त्यो भन्दा हरितन्नम चाहिँ सोच हो । तन्नम सोच बोकेर समृद्धिको गोरेटो त कसरी कोर्नु र खै ?

काठमाडौंमा विद्युतको माग ह्वात्तै बढ्यो, झ्याप्प झ्याप्प बत्ती काटिने समस्या Read Previous

काठमाडौंमा विद्युतको माग ह्वात्तै बढ्यो, झ्याप्प झ्याप्प बत्ती काटिने समस्या

अरुण तेस्रोको मुआब्जा विवाद सल्टियो, अवरुद्ध निर्माण शुरु Read Next

अरुण तेस्रोको मुआब्जा विवाद सल्टियो, अवरुद्ध निर्माण शुरु