समता घरेलु लघुवित्तको एफपीओ ९७.५५ प्रतिशतले नपाउने, कतिले भरे ?

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्काशन (एफपीआ)मा मागभन्दा ६०.७२ गुणा धेरै आवेदन परेको छ ।

सीडीएस एण्ड क्लियरिङका अनुसार लघुवित्तको एफपीओमा कुल २ करोड १३ लाख ८ हजार ५७० कित्ताका लागि १४ लाख ३२ हजार ४२० जनाले आवेदन दिएका छन् । यद्यपि, अन्तिम तथ्यांक नआइसकेकाले आवेदकको संख्या अझै बढ्न सक्ने सीडीएसले जनाएको छ ।

लघुवित्तको एफपीओ भर्ने मध्ये ९७.५५ प्रतिशत आवेदकले नपाउने भएका छन् । लघुवित्तले जम्मा ३ लाख ५० हजार ९०४ कित्ता एफपीओ बिक्रीमा ल्याएको छ ।

धितोपत्र बाँडफाँट नियमावली अनुसार आवेदकलाई कम्तीमा १० कित्ताका दरले सेयर दिनुपर्ने व्यवस्था छ । सो अनुसार ३५ हजार ९० जना अथार्त २.४५ प्रतिशत आवेदकलाई मात्र १० कित्ताका दरले सेयर बाँडफाँट गर्न पुग्छ । बाँकी १३ लाख ९७ हजार बढीको हात रित्तो हुने देखिएको छ ।

हाल ५६ करोड ४० लाख ६ हजार ३०४ रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको एफपीओ जारीपछि ५९ करोड ९० लाख ९६ हजार ७२८ रुपैयाँ पुग्नेछ।

दुई कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Previous

दुई कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

१० घण्टा बन्द गरेर यसरी गरिँदैछ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति Read Next

१० घण्टा बन्द गरेर यसरी गरिँदैछ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति