दुई कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत दुई कम्पनीको लाभांश पाउने आज अन्तिम दिन रहेको छ । सानिमा बैंक र आशा लघुवित्त वित्तीय संस्थाको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन रहेको हो ।

साधरण सभा तथा लाभांश प्रयोजनका लागि दुवै कम्पनीले भोलि (कात्तिक २२ गते) बुकक्लोज तोकेका छन् । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्रै दुवै कम्पनीको प्रस्तावित लाभांश पाउने छन् ।

सानिमा बैंकले गत आवको मुनाफाबाट करसहित ५.२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न बैंकले मंसिर ४ गते २०औं वार्षिक साधरण सभा बोलाएको छ । बैंकको सभा आम्रपाली बैङक्वेट, भाटभटेनी, काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ।

त्यसैगरी, आशा लघुवित्तले गत वर्षको नाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

उक्त लाभांश पारित गर्न लघुवित्तले मंसिर ७ गते गते आठौं वार्षिक साधरण सभा बोलाएको छ । लघुवित्तको सभा होटल उग्रचण्डी, बनेपा–७, बनेपा बजार, काभ्रेपलाञ्चोकमा दिउँसो ३ बजे सुरु हुनेछ।

रसुवागढी र साञ्जेन जलविद्युत्को बिजुली प्रसारण लाइनमा जोडिँदै Read Previous

रसुवागढी र साञ्जेन जलविद्युत्को बिजुली प्रसारण लाइनमा जोडिँदै

समता घरेलु लघुवित्तको एफपीओ ९७.५५ प्रतिशतले नपाउने, कतिले भरे ? Read Next

समता घरेलु लघुवित्तको एफपीओ ९७.५५ प्रतिशतले नपाउने, कतिले भरे ?