दुई हाइड्रोपावरको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बलेफी हाइड्रोपावर र लिबर्टी इनर्जीको सेयर मूल्य समायोजन गरेको छ ।

दुवै कम्पनीले हकप्रद सेयर प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले बलेफी हाइड्रोपावरले जारी गर्ने १०० प्रतिशत हकप्रदका आधारमा सेयर मूल्य समायोजन गरेको हो । नेप्सेका अनुसार समायोजनपछि बलेफीको नयाँ सेयर मूल्य ३०६.६० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, लिबर्टी इनर्जीले जारी गर्ने ५० प्रतिशत हकप्रद सेयरका आधारमा मूल्य समायोजन भएको हो । लिबर्टीको नयाँ सेयर मूल्य २१७.३३ रुपैयाँ कायम भएको छ ।

अब यही समायोजित मूल्यका आधारमा बुधबार दोस्रो बजारमा दुवै कम्पनीको सेयर कारोबार खुल्नेछ।

मुग्लिन-पोखरा सकड : थपिएको समयमा पनि काम नसकिने, पश्चिमखण्डको अति सुस्त Read Previous

मुग्लिन-पोखरा सकड : थपिएको समयमा पनि काम नसकिने, पश्चिमखण्डको अति सुस्त

रसुवागढी र साञ्जेन जलविद्युत्को बिजुली प्रसारण लाइनमा जोडिँदै Read Next

रसुवागढी र साञ्जेन जलविद्युत्को बिजुली प्रसारण लाइनमा जोडिँदै