काठमाडौं । नेपाल बैंक लिमिटेड र नयाँ बानेश्वरस्थित एएसजी आइ केयर एण्ड हेल्थ सर्भिस प्रालि बीच छुट सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र एएसजी आइ केयर एण्ड हेल्थ सर्भिसको तर्फबाट बजारीकरण प्रबन्धक सन्जीव कुमार ठाकाुरले हस्ताक्षर गरे ।
सम्झौता अनुसार नेपाल बैंकका कर्मचारी र ग्राहकहरूलाई क्लिनिकको विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको १० देखि ५० प्रतिशतसम्म छुट हुनेछ ।
बैंकका कर्मचारी र ग्राहक क्लिनिकबाट प्रदान गरिने अप्टिकल लेन्स, फ्रेम, आइ सजरी प्रोसिडियर, माइनर इन्भेटिगेशन लगायत आँखा सम्बन्धी स्वास्थ्य सेवाबाट लाभान्वित हुने छन् ।