तिहारलाई नेप्सेको रातो झण्डा, यी ४ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्ला दुई कारोबार दिनमा ७४ अंकले बढेको नेप्से आज १४ अंकले घटेको हो ।

तिहारअघिको अन्तिम कारोबार दिन बुधबार नेप्से परिसूचक १४.४३ अंकले घटेर २६७७.६२ बिन्दुमा आइपुगेको छ । आज ३०५ कम्पनीको १ करोड २० लाख ६९ हजार ८७८ कित्ता सेयर किनबेच भएको छ ।

आज सूचकसँगै कारोबार रकममा पनि गिरावट भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १७ करोड रुपैयाँले घटेर ५ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ३ समूहको परिसूचक बढेको छ भने १० को घटेको छ । होटल समूहको परिसूचक सर्वाधिक २.५२ प्रतिशतले बढेको छ भने लगानस् समूह १.४१ प्रतिशतले घटेको छ ।

आज सीईडीबी हाइड्रोपावरको सर्वाधिक ३४ करोड १९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, सानिमा जीआइसी इन्स्योरेन्सको २६ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये ७५ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ कम्पनीको मूल्य घटेको छ ।

घट्दो बजारमा पनि आज ४ कम्पनीको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । गुराँस लघुवित्त, मिड सोलु हाइड्रोपावर, अपर स्याङ्गे हाइड्रोपावर र कुथेली बुखरी स्मल हाइड्रोपावरका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

आज जानकी फाइनान्सका सेयरधनीले सर्वाधिक ४.९० प्रतिशत गुमाएका छन् ।

हेटौंडा र उदयपुर सिमेन्ट बक्यौता महसुल तिर्न तयार, प्राधिकरणमा दिए निवेदन Read Previous

हेटौंडा र उदयपुर सिमेन्ट बक्यौता महसुल तिर्न तयार, प्राधिकरणमा दिए निवेदन

फाइनल हेर्न जानेका लागि यी ६ ठाउँमा पार्किङको व्यवस्था Read Next

फाइनल हेर्न जानेका लागि यी ६ ठाउँमा पार्किङको व्यवस्था