हेटौंडा र उदयपुर सिमेन्ट बक्यौता महसुल तिर्न तयार, प्राधिकरणमा दिए निवेदन

काठमाडौं । सरकारी स्वामित्वका दुई सिमेन्ट उद्योग डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महसुल तिर्न तयार भएका छन् । हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्ट उद्योगले विद्युत् उपभोगको बक्यौता तिर्न निवेदन दिएका हुन् ।

दुवै उद्योगले डेडिकेटेड फिडर तथा ट्रंकलाइन मार्फत विद्युत् उपभोग गरेबापतको प्रिमियम महसुल बक्यौता किस्ताबन्दीमा तिर्न निवेदन दिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार हेटौँडा सिमेन्टको ३३ करोड ८० लाख ८६ हजार २५० र उदयपुर सिमेन्टको ४४ करोड ७४ हजार ५३३ रुपैयाँ बक्यौता बाँकी छ ।

प्राधिकरणले बक्यौता नतिरेको भन्दै कात्तिक ८ गते ३४ उद्योगको लाइन काटेको थियो । त्यसयता आधादर्जन उद्योगले किस्तामा महसुल बुझाएर उद्योगमा लाइन जोडिसकेका छन् ।

बक्यौता तिर्न सुरुमा ताकेता गरे पनि नतिरेपछि प्राधिकरणले विद्युतलाइन काटेपछि उद्योगहरूले बक्यौता तिर्न सुरु गरेका छन् ।

कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनमा, अब सबै नेपाली चीन जान सक्ने Read Previous

कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनमा, अब सबै नेपाली चीन जान सक्ने

तिहारलाई नेप्सेको रातो झण्डा, यी ४ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट Read Next

तिहारलाई नेप्सेको रातो झण्डा, यी ४ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट