नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा फेरि डा. महावीर पुन नियुक्त

काठमाडौं । नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बास्डरमा फेरि डा. महावीर पुन नियुक्त भएका छन् ।

कात्तिक १२ गते काठमाडौंमा आयोजित एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय र डा. महावीर पुनका बीच उक्त ब्राण्ड एम्बास्डर नवीकरण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

२०७६ सालदेखि नेपाल बैंकको ब्राण्ड एम्बास्डर रहेका महावीरसँग्को सम्झौता अवधि पुनः १ वर्ष थपिएको बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेयले डा. पुन जस्तो विशिष्ट व्यक्तित्व साथै आम नेपालीको प्रेरणाको स्रोतलाई नेपाल बैंकको ब्राण्ड एम्बासडरको रुपमा निरन्तरता दिन पाउनु आफैंमा गर्वको विषय रहेको बताए ।

एम्बास्डरमा नियुक्त डा. पुनले नेपाल बैंक जस्तो नेपालको बैकिंङ क्षेत्रको गौरवमय इतिहास बोकेको संस्थामा ब्राण्ड एम्बास्डरको रुपमा पुनः नियुक्त हुन पाएकोमा खुसी व्यक्त गरे ।

 

ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यास बीच सम्झौता, यूएईबाट सजिलै पैसा पठाउन सकिने Read Previous

ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यास बीच सम्झौता, यूएईबाट सजिलै पैसा पठाउन सकिने

ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रले थप सहकार्य गर्ने Read Next

ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रले थप सहकार्य गर्ने