काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको १६ औं वार्षिक साधरण सभा सम्पन्न भएको छ । बैंकको सभा कात्तिक १२ गते अध्यक्ष प्रवल जंग पाण्डेको अध्यक्षतामा अमृतभोग, कालिकास्थान, काठमाडौंमा सम्पन्न भएको हो ।
सभागले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट घोषणा गरेको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२० प्रतिशत नगद गरी कुल ४.२० प्रतिशत लाभांश पारित गरेको हो ।
त्यस्ते, सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात, आव २०८०/८१ को नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरू सभामा छलफल भई स्वीकृत भएको छ ।