सीईडीबी हाइड्रोपावरको नाफा तेब्बरले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको खुद नाफामा उछाल आएको छ । कम्पनीले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा २०२.२८ प्रतिशतले बढेकोे छ ।

कम्पनीले चालु आवको असोज मसान्तसम्म ९ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ६ करोड ७ लाख रुपैयाँ धेरै हो । सीईडीबीले गत वर्षको पहिलो त्रैमासमा ३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको सर्भिस चार्ज, ब्याज तथा अन्य आम्दानीमा उल्लेख्य वृद्धि हुँदा खुदा नाफामा उछाल आएको हो । यस अवधिमा कम्पनीको यस्तो आम्दानी १४५.९२ प्रतिशतले बढेर १० करोड ७ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिको कम्पनीको यस्तो आम्दानी ४ करोड ९ लाख रुपैयाँ मात्रै थियो ।

सामीक्षा अवधिमा कम्पनीको कुल खर्च पनि ४१.३९ प्रतिशतले बढेर ८९ लाख रुपैयाँ पुगेको छ ।

हाल १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ४८ करोड ६० लाख रुपैयाँ संचित छ ।

खुद नाफा बढेसँगै पनि कम्पनीको प्रतिसेयर आम्दानी पनि दोब्बरभन्दा धेरैले बढेको छ । गत असोजमा १४.३१ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी यस वर्ष बढेर ३५.११ रुपैयाँ पुगेको छ

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५०.९८ गुणा छ ।

एमालेलाई मीनबहादुरले दिएको जग्गामा भवन निर्माण नगर्न सर्वोच्चको आदेश Read Previous

एमालेलाई मीनबहादुरले दिएको जग्गामा भवन निर्माण नगर्न सर्वोच्चको आदेश

टिकापुरमा ३८ वर्षपछि हवाई उडान Read Next

टिकापुरमा ३८ वर्षपछि हवाई उडान