एमालेलाई मीनबहादुरले दिएको जग्गामा भवन निर्माण नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेलाई व्यवसायी मीनबहादुर गुरुङले दान दिएको जग्गामा तत्काल पार्टी कार्यालय भवन निर्माण नगर्न आदेश दिएको छ ।

सोमबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै तत्काल उक्त जग्गामा भवन निर्माण प्रक्रिया अघि नबढाउन भनेको हो ।

सर्वोच्च अदालतले जग्गा दाता मीनबहादुर र लिने एमालेलाई त्यसको कारण देखाउन समेत माग गरेको छ ।

अदालतले यो विवादमा रिट दायरकर्ता ज्ञान बस्नेत समेत, व्यवसायी मीनबहादुर र नेकपा एमालेलाई छलफलमा बोलाएको छ ।

एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली र मीनबहादुरले गत दशैंको फूलपातीको दिन कीर्तिपुर एमाले पार्टी कार्यालयको शिलान्यास गरेका थिए । मीनबहादुरले एमालेलाई १० रोपनी १४ आना जग्गामा दान दिएको घोषणा गरेका थिए ।

गभर्नर अधिकारीको ग्रेड घटुवा, पाए 'सी' ग्रेड Read Previous

गभर्नर अधिकारीको ग्रेड घटुवा, पाए 'सी' ग्रेड

सीईडीबी हाइड्रोपावरको नाफा तेब्बरले बढ्यो, प्रतिसेयर आम्दानी कति ? Read Next

सीईडीबी हाइड्रोपावरको नाफा तेब्बरले बढ्यो, प्रतिसेयर आम्दानी कति ?